अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको नियमित रचना वाचन

news

 
रेडियो आँधीखोला,
वालिङ १३ माघ ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको नियमित रचना वाचनको ६९औँ श्रृखला वालिङ ८ भिमटारीमा रहेको पिरामिड कुटीमा सम्पन्न भएको छ । प्रतिष्ठानले हरेक महिना फरक फरक स्थानहरुमा पुगेर साहित्य प्रतिभालाई उजार गर्ने उद्देश्यले रचना वाचन कार्यक्रम गर्दै आएको छ । 
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रह्लाद अर्यालले साहित्य समाजका ऐना भएको भन्दै साहित्यले  समाज परिर्वतनमा ठुलो भुमिका खेल्दै आएको बताउनुभयो । साथै प्रतिष्ठानले आयोजना गर्ने रचना वाचन श्रृंखलाले नव प्रतिभा उजागर गर्दै साहित्यको संरक्षण तथा संर्वद्धन हुने अर्यालले बताउनुभयो । 
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, सदस्य चोलाकान्त अर्याल, प्रतिष्ठानका सल्लाहकार डा.अच्युतशरण अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कमल बगाले, दमकुमारी बगाले, लक्ष्मी रेग्मी, शान्ता थापालगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...