अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङ ८ भिमटारीमा एकदिने च्याउ खेति तालिम

news

 
रेडियो आँधीखोला
वालिङ, १४ माघ ।
भिमटारी सामुदायिक सिकाई केन्द्र वालिङ ८ भिमटारीले एकदिने च्याउ खेति तालिम प्रदान गरेको छ । शनिबार सम्पन्न एकदिने च्याउ खेति तालिमको शुभारम्भ गर्दै वालिङ नगरउपप्रमखु कविता तिवारी गैह्रेले कृषि क्षेत्रको उन्नतिका लागी नगरपालिकाले निति तथा कार्यक्रम नै बनाएर अगाडि बढाएको बताउनुभयो । कृषिका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको भन्दै सिकाई केन्द्रले कृषकलाई च्याउ खेतिमा लाग्न अभिप्रेरित गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । 
उपप्रमुख गैह्रेले वालिङका १४ वटै वडामा माटो तथा हावापानी सुहाउँदो कृषि खेति प्रणालीलाई अगाडि बढाईने भन्दै त्यसका लागी प्राविधिक सहयोग तथा बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारीले तालिममा सिकेका सिपलाई उपयोग गरी व्यवसायिक रुपमा अगाडि बढ्न सहभागिलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनीले सिपमुलक तालिमको भरपुर उपयोग गरी आर्थिक उर्पाजनमा लाग्न अनुरोध गर्नुभयो । उद्दघाटन कार्यक्रममा नगरपालिका प्रशासनिक प्रमुख नारायणप्रसाद रेग्मी, कार्यपालिका सदस्य भक्तबहादुर गोतामे, शिक्षा साखा प्रमुख गिता  पाठक, वडा सदस्य चोलाकान्त अर्याल र कविता नेपालीलगायतको  सहभागिता रहेको थियो । 
तालिममा वडा भित्रका ५५ जना कृषक तथा कृषिमा चासो राख्ने व्यक्तिहरुको  सहभागिता रहेको थियो । तालिममा डाँसीनारायण अर्यालले सहजीकरण गर्नुभएएको थियो । तालिमा सहभागि सबैलाई च्याउको बिउ तथा च्याउखेतिका लागी आवश्यक सामाग्रीहरु समेत वितरण गरिएको सिकाई केन्द्रका अध्यक्ष नेत्रनारायाण रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम केन्द्रका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सिता रेग्मी र संचालन सचिव शिवप्रसाद अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...