अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

महोत्सव नजिकिँदै गर्दा दुलही झैँ सृंगारियो वालिङ

news

 
रेडियो आँधीखोला,
वालिङ १४ माघ ।
वालिङ महोत्सव नजिकिँदै गर्दा वालिङ बजार दुलही झैँ सृंगारिएको छ । हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने नाराका साथ आयोजित महोत्सवको मिति नजिकिँदै गर्दा वालिङ बजार रंगी विरंगी ध्वजा पतका र ब्यानरले झकिझकाउ भएको छ । बजार सजावट उपसमितिका संयोजक चुत्रकुमारी थापा दुर्गाका अनुसार बजार सजावटको ८० प्रतिशत कार्य सकिएको छ । 
 
महोत्सवलाई स्वागत गर्नका लागी स्थानीय व्यापारी निकै उत्साहित भएको भन्दै आफ्नै खर्चमा वालिङका व्यापारी व्यवसायीहरुले आफ्नो घर अगाडिमा ध्वजा पतकाले सजाएका हुन् । वालिङका केहि बजार मध्ये भिआईपि टोल, बगालेटोल, मोडमा बजार रंगिबिरंगि भएको छ । यही माघ १८ देखि २८ गतेसम्म हुने महोत्सवमा स्टल राख्नका लागी स्थानीय व्यापारी व्यवसायी पनि उत्साहित बनेको स्टल निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताउनुभयो । 
महोत्सवमा रहने स्टल मध्ये झण्डै आधा ५० प्रतिशत स्थानीयहरुले नै व्यापार व्यवसाय गर्नका लागी स्टल बुक गरेका छन् । संयोजक पराजुलीले भन्नुभयो, “महोत्सवमा कृषि उपजको प्रर्दशनी तथा विक्रिका लागी  निशुल्क दिईएको छ । यहाँका व्यापारीलाई फेन्सी स्टल राख्नका लागी ३० प्रतिशत, होटललाई ३३ प्रतिशत छुट दिईएको छ । हामीले सकेसम्म यहाँका व्यापारीलाई नै प्राथामिकता दिएका छौँ ।” खेलमैदानमा रहेको दुवो भएको भागमा कुनै  संरचना नबन्ने मैदानको खाली भाग व्यक्तिको जग्गा केहि  दिनका लागी भाडामा लिएर स्टल  निर्माण तथा बालउद्यान  निर्माण गरिएको पराजुलीले बताउनुभयो । दुवो नमासिने गरी सोहि मोडलमा स्टल निर्माण, स्टेज निर्माण बालउद्यानका कार्य गरिने भन्दै दुवो संरक्षणका लागी उद्योग वाणिज्य संघ प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
 
 आठौँ वालिङ महोत्सव ५ वर्षपछि हुन लागेको भन्दै सम्पुर्ण जिल्लाबासीको सदभाव र मायाले महोत्सव सफल हुने मुल आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । महोत्सव स्थललाई अपांगमैत्रि बनाँईने र अपांगता भएकाहरुलाई अपांगताको वर्ग अनुसार निशुल्क तथा सहुलियत दरमा  प्रवेश व्यवस्था मिलाईएको अध्यक्ष श्रेष्ठको भनाई  छ । लामो समयको अन्तरालमा आयोजना गरिएको यो महोत्सवले यहाँको आर्थिक क्रियाकलापलाई थप चलायमान बनाउ मद्दत पुग्ने भन्दै धेरै भन्दा धेरै स्थानीय व्यापारीहरुको सहभागिता बनाउनका लागी सोहि किसिमको सहुलियत दिईएको अध्यक्ष श्रेष्ठको भनाई । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...