समाचार
वालिङ महोत्सवमा बृद्धबृद्धा तथा अपांगता भएका निशुल्क प्रवेश
रेडियो आँधीखोला,
वालिङ १६ माघ ।
पर्सी विहिबारदेखि शुरु हुने आठौँ वालिङ महोत्सवमा बृद्धबृद्धा तथा अपांगता भएकाहरु निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा ७० वर्षका बृद्ध बुवाआमा तथा रातो, निलो र पँहलो कार्ड प्राप्त गर्नुभएएका अपांगता हुनुभएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव प्रचारप्रसार, कलाकार समवन्य तथा बालउद्यान उपसमितिका संयोजक पिताम्बर खनाल शुसिलले बताउनुभयो ।
वालिङ महोत्सव एउटा छुट्टै पहिचान बोकेको महोत्सव भएएकाले धेरै जनसहभागिताले नै महोत्सव सफल भईरहेको ईतिहास रहेको भन्दै ७० वर्ष माथिका बुवाआमा र अपांगता हुनुभएका व्यक्तिहरुले आफ्नो परिचय खुल्ने कार्डका आधारमा महोत्सवमा निशुल्क प्रवेश पाउने खनालले बताउनुभयो ।
खनालले भन्नुभयो, “बालकदेखि बृद्धसम्मको लागी वालिङ महोत्सव एउटा साझा मञ्च हो । विद्यार्थीलाई हामीले छुट सहित प्रवेशको व्यवस्था मिलाईएका छौँ भने बृद्धाहरु र अपांगता भएकाहरुका लागी निुशल्क प्रवेशको व्यवस्था मिलाईएको छ । यो महोत्सव सबैको महोत्सव हो महोत्सव सबैको सहभागिताले नै सफल हुनेछ ।”
महोत्सव सांस्कृतिक महत्वसंग पनि जोडिएको भन्दै सांस्कृतिक समितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले भन्नुभयो, “महोत्सव हाम्रो परम्परा र संस्कृतिसंग जोडिएको छ । हाम्रो वैवाहिक परम्परासंग जोडिएको रत्यौली गित प्रतियोगिता धार्मिक परम्परासंग जोडिएको भजन चुड्का प्रतियोगिता समेत आयोजना गरेका छौँ ।”
सबै वर्ग र समुदायलाई आठौँ वालिङ महोत्सवमार्फत आफ्ना प्रतिभा प्रस्फुटन गर्ने मञ्च प्रदान गर्न खोजिएको संयोजक अर्यालले बताउनुभयो । महोत्सवमा आर्कषणको केन्द्रविन्दुमा रहेको डान्स आईडल सिजन ३ मा झण्डै ८० जनाबाट १५ जनाले स्टेजमा प्रस्तुति दिने बताउँदै रत्यौली र भजन प्रतियोगिताका लागी पनि निकै उत्साहजनक सहभागित हुने अर्यालले बताउनुभयो ।
यसपटकको महोत्सव अपांगमैत्रि हुने भन्दै महोत्सव प्रवेशदेखि स्टेज सम्म आपंगमैत्रि बनाईएको स्टेज सजावट तथा व्यानर प्रायोजक उपसमितिका संयोजक तारा तिवारीले बताउनुभयो । महोत्सव गेटको देब्रे साइडमा स्टेज निर्माण भएको भन्दै स्टेज दक्षिण दिशामा फर्कने संयोजक तिवारीले बताउनुभयो ।