अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

दहथुम माविको वाषिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १७ माघ ।
दहथुम माध्यमिक विद्यालयको वाषिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भिरकोट २को दहथुम माध्यमिक विद्यालयको ७२औं वाषिकोत्सव एवं अभिभावक दिवस मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुदै गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले विद्यालयको चौतर्फि विकासका लागी आफु तथा प्रदेश साथमा रहेको बताउनुभयो । साथै उहाँले विद्यालयको उन्नति प्रगतिका लागि भुपु विद्यार्थीको समुहले नै सहयोग गर्ने र अन्य कतै बाट सहयोग गर्नुनपर्ने गरी काम गर्ने बताउनुभएको छ । आजको आवश्यकता प्राविधिक शिक्षा भएकाले प्राविधिक शिक्षा तथा अन्य बाहिरी ज्ञानहरु विद्यार्थीलाई  दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भिरकोटका निर्वतमान नगरप्रमुख छायाराम खनालले बालमैत्रि वातावरणमा शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । साथै हरेक विद्यार्थीलाई समान ढंगले शिक्षा दिनुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा भिरकोट शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइराला, वडा नं ४ का वडा अध्यक्ष रत्न प्रकाश श्रेष्ठ,, नेपाली कांग्रेसका भिरकोट नगरसभापति यमप्रसाद अधिकारी लक्ष्मण, वडा नं २ का पुर्व वडा अध्यक्ष कमल त्रिपाठी, पिताम्बर श्रेष्ठ, शुभलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष भक्त बहादुर केसी, विद्यालयका सल्लाहाकार सदस्य डोलराज ढुङगाना, शिक्षकहरुको तर्फबाट इन्दिरा केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
विद्यालयका प्रध्यानाध्यापक तोयानाथ कोइरालाले विद्यालयको आर्थिक आयव्याय प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रममको अवसरमा शुभलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष भक्त बहादुर केसीले दहथुम माविका विद्यार्थीहरुका लागी २० थान न्यानो कपडा वितरण गर्नुभएको थियो । 
कार्यक्रममा वार्षिकोत्सवको अवसरमा शिक्षकहरु सम्मानित हुनुभएको छ । सम्मानित हुने शिक्षकहरुमा शोभकान्त पौडेल, शेषकान्त खनाल, कृष्ण प्रसाद रेग्मी, चन्द्रकान्त उपाध्याय (मिलन समिर), कमल प्रसाद भट्टराई, बाबुराम बस्नेत, बेदप्रसाद अर्याल, शेषकान्त चापागाइर्, भुपेन्द्र कोइराला, रुद्रप्रसाद न्यौपाने र चन्द्रकान्त ढुङगाना सम्मानित हुनुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकाजी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रअ टोल प्रसाद रेग्मीले र सञ्चालन शिक्षक शेषकान्त खनाल र शोभकान्त पौडेलले गर्नुभएको थियो । विद्यालयमा रहेको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो भने विद्यार्थीहरुले अआफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...