समाचार
गण्डकी प्रदेशलाई कुनै एक उत्पादनमा आत्मनिर्भर बनाउँछौँ ः मुख्यमन्त्री पाण्डे
रेडियो आँधीखोला,
वालिङ माघ १८ ।
ाधीस्ीखगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई पाँच वर्षमा कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौं वालिङ महोत्सवलाई बिहीबार वालिङ खेलमैदानमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै न कुनैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभएको हो ।
“गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा सके दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौं” उहाँले भन्नुभयो, “जहाँसम्म हाम्रो लक्ष्य पूरा भएरै छाड्छ, सबै भएन भने पनि कुनै न कुनै एउटामा पक्कै पनि आत्मनिर्भर हुन्छौं, हुन्छौं ।” गण्डकी प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाएको बताउनुभयो । उहाँले युवाहरुको बसाईसराई दर घटाउने र प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमा आत्भनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
“युवा विदेशिनेक्रम संसारको ट्रेण्ड हो, यो जहाँतहीँ चलिरहन्छ” उहाँले भन्नुभयो, “यो शून्यमा झर्दैन तर यसका सन्दर्भमा युवालाई स्वदेशमै दक्ष बनाएर युवालाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रमहरु ल्याएर कम गर्न सकिन्छ ।” गण्डकी प्रदेशले एघार वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजनाहरु अगाडि बढाईरहेको बताउनुभयो । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले यहाँका उत्पादनहरुको प्रचार प्रसार, प्रवद्र्धन तथा बजारीकरणकालागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले ब्यक्त गर्नुुभयो ।
कार्यक्रममा पुर्व उद्योग मन्त्री महेश बस्नेतले चेतनाको कमीका कारण नेपालको राजस्वमा वृद्धि हुन नसकेको बताउनभुयो । पुर्व मन्त्री बस्नेतले कर तिर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा र नियमनकारी निकाय फितलो हुँदा कर छलि भईरहेको भन्दै यसले गर्दा देशको अर्थतन्त्र समेत कमजोर बन्दै गएको बताउनुभयो । सकरात्मक सोँचको अभियान चलाउनुपर्ने भन्दै करको दायरामा जान पुर्व मन्त्री बस्नेतले जोड दिनुभयो । आम्दानीको स्रोत घट्नु राजस्व संकलन कम हुनुलगायत विविध कारणले देशको अर्थतन्त्र कमजोर बन्दै गईरहेको भन्दै पुँजीगत खर्च कम हुँदा समेत विकास हुन नसकेको पुर्व मन्त्री बस्नेतको जोड छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले मेला तथा महोत्सवमा परम्परागत उत्पादनका लागी प्रयोग गरिने यन्त्रको प्रर्दशनी समेत गरिनुपर्ने भन्दै ग्रामिण भेगमा उत्पादन भएका तथा अर्गानी उत्पादनको प्रर्दशनीमा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री तिवारीले मेला महोत्सव उद्यमीहरुले उत्पादन गर्नुभएका उपजहरुको बजारीकरण गरी थप उद्यमशीलतालाई प्रर्वद्धन गर्नुपर्ने र जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक स्टलहरुको प्रर्दशनी गरी पर्यटनमा समेत महोत्सवले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।
मन्त्री तिवारीले जिल्लाकोे सिंचाई, खानेपानीलगायतका कार्यमा खानेपानी मन्त्रालयबाट धेरै योजनाहरु सम्पन्न भएको र केहि निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्याल, लेखा समितिका सभापति सुधिरकुमार पौडेल, प्रदेश सांसद कल्पना तिवारी, वालिङ नगरप्रमखु कृष्ण खांण, कालीगडकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराजराज भण्डारीलगायतले महोत्सवले समग्र स्याङ्जाको कृषि, हस्तकला, सांस्कृतिक, पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र आर्थिक विकासमा सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महोत्सव तथा संघको उद्देश्यमाथि वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले प्रकाश पार्नुभएको थियो । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानातिवारी र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।
समुद्दघाटन हुनुपुर्व यहाँका विभिन्न आमा समुह, टोल समुह,जातिय तथा धार्मिक संघसंगठनहरुले आ–आफ्ना भेषभुषा र झाँकी सहितको रयालीले वालिङ बजार परिक्रममा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो । उत्कृष्ठ झाँकीलाई महोत्सवमा पुरस्कृत समेत गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ । रयाली तथा झाँकीमा ११० भन्दा बढी समुहहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पशुपति शर्मा,
बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करीव दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।