अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङ महोत्सवमा उत्साजनक सहभागिता

news

 
रेडियो आँधीखोला,
वालिङ २० माघ । 
आठौँ वालिङ महोत्सवमा शनिबार हजारौँ दर्शकले महोत्सवको अवलोकन गरेका छन् । शनिबार विद्यालय तथा सरकारी कार्यालयहरु बन्द हुने भएकाले पनि शनिबार उत्साहजन दर्शकको सहभागिता रहेको थियो । हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने नाराका साथ आयोजित आठौँ वालिङ महोत्सव वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले आयोजना गरेको हो । 
५ वर्षपछि आयोजना गरिएको महो्रत्सवमा दर्शकको निकै उत्साह बढेको प्रचारप्रसार उपसमिति संयोजक शुसिल खनालले जानकारी दिनुभयो । खनालका अनुसार शनिबार १५ हजार भन्दा धेरै दर्शकले मेलाको अवलोकन गरेका छन् । हरेक दिन दर्शकहरुको उत्साह र माया निकै बढिरहेको खनालले बताउनुभयो ।
महोत्सवको चौँथो दिन चर्चित गायक गायिकको प्रस्तुति रह्यो भने प्रतियोगितात्मक कार्यक्रमरु पनि सम्पन्न भएको छ । चौँथो दिन भजनचुडका प्रतियोगिताका लागी एक समुह र रत्यौली गित प्रतियोगिताका लागी २ समहुले प्रस्तुति प्रस्तुत गरेका थिए भने डान्स आईडलको छनोटमा परेका ३ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँर्दै जाने वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृति उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।
आज शनिबारका दिन पुरुषोत्तम न्यौपाने, घनश्याम रिजाल, भिमु गुरुङ, दिनेश क्षत्री, यम नेपाली, सुनिता नेपालीलगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो भने सुगम सङ्गीतका बहुचर्चित रुपक डोटेल र हास्य कलाकार दिपक थापाको दर्शकहरु निकै उत्साहित भएका थिए । 
त्यस्तै भोली राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, श्याम राना, मन्जु विक, संगिता पौडेल, नेत्र खड्का, तारा पौडेल, टंक डुम्रे, घनश्याम रिजाल, राजेश भण्डारी, जगत गौडेल र सुगमसंगितर्फ सन्दीप बस्यालको प्रस्तुति रहन्छ भने त्यस्तै गरी हाँस्य विधामा शान्ति कार्की, पोर्खेली माग्ने धुर्मुसको व्यांग्यात्मक प्रस्तुति रहनेछ ।
२०५४ सालमा स्थापना भएको वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महाउत्सवकारुपमा लिइएको महोत्सव हो । 
 
महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका पसलहरु राखिएका छन् । यसकासाथै विविध प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...