समाचार
प्रेस चौतारीको स्थापना दिवस, वालिङ महोत्सवमा न्यानो कपडा वितरण
रेडियो आँधीखोला,
वालिङ २२ माघ ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा वालिङ महोत्सवमा न्यानो कपडा वितरण गरेको छ । प्रेस चौतारी नेपाल स्याङ्जा साखाले आफ्नो स्थापना दिवसको अवसरमा वालिङ महोत्सवमा ८० वर्ष भन्दा माथिका बृद्ध बुवाआमाहरुलाई न्यानो कपडा व्याङकेट वितरण गरिएको हो ।
श्रमजिवि पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा बृद्ध बुवाआमाहरुसंग जोडिने प्रयास गरिएको भन्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुलीले भन्नुभयो, “आठौँ वालिङ महोत्सवको अवसरमा उपस्थित हुनुभएका दर्शकहरु मध्ये ८० वर्ष भन्दा माथिका बृद्धबुवाआमाहरुका लागी सानो उपहार स्वरुप ब्ल्याङकेट हस्तान्तरण गरिएको हो ।”
आठौँ वालिङ महोत्सव अवलोकनका लागी आउनुभएका ८० वर्ष भन्दा माथिका ८० वर्षीय गङ्गाकुमारी थापा, ख्यामकुमारी पराजुली, ८५ वर्षीय गङ्गाकुमारी पराजुली, ८६ वर्षीय पवित्रा सुवेदी, ८७ वर्षीय छलिसरा सुवेदी र फरक क्षमता भएका आत्माराम पाठक गरी ६ जनालाई व्ल्याङ्केट प्रदान गरिएको प्रेस चौतारी स्याङ्जा साखाका अध्यक्ष शुसिल सुवेदीले बताउनभयो ।
बृद्ध बुवाआमासंग संचारकर्मी भन्ने ध्येयले यसवर्षको स्थापना दिवस बृद्धबुवाआमासंग मनाईएको अध्यक्ष सुवेदीले बताउनुभयो । दुर्घटना न्युनीकरणका लागी गतवर्ष स्लो मोटरसाईकल रेस प्रतियोगिता गरिएको भन्दै हरेक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रसंग जोडिने प्रयास गरिएको अध्यक्ष सुवेदीको भनाई छ । प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते भएको थियो । श्रम जिवि पत्रकारहरुको हकहितमा काम गर्दै आएको प्रेस चौतारी नेपालका देशभर रहेका साखाहरुले विभिन्न कार्यक्रम गरि दिवस मनाएका हुन् ।