अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

छैठौँ दिन पनि उल्लेख्य दर्शकको सहभागिता

news

 
रेडियो आँधीखोला
वालिङ, २३ माघ ।
“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित आठौँ वालिङ महोत्सवको छैटौँ दिन पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन् । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्धारा आयोजित आठौँ वालिङ महोत्सवमा हरेक दिन फरक फरक कलाकारको प्रस्तुति, दैनिक प्रतियोगितात्मक कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ। 
महोत्सवको उद्दघाटनदेखि नै हरेक दिन उत्साहजनक दर्शकको  सहभागिता रहेको आयोजकले जनाएका छन् । निकै लामो छलफल, विवाद र चर्चाका बीच आयोजना गरिएको आठौँ वालिङ महोत्सवमा दर्शकको निकै आर्कषण बढेको महोत्सव आयोजक मुल समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।  
महोत्सवमा स्थानीय उत्पादन गर्ने उद्यमीहरुलाई आफ्नो उत्पादनको प्रचारप्रसार र विक्रि वितरणको लागी निशुल्क स्टल प्रदान गरिएको भन्दै महोत्सवमा कालीगण्डकी गाउँपालिका देखि पुतलीबजार नगरपालिकासम्मका स्थानीय उत्पादनहरु राखिएको छ । 
पुतलीबजारमा रहनुभएका महिला उद्यमीहरुलाई निशुल्क स्टल प्रदान गरि आफ्नो उत्पादनको प्रोत्साहन तथा विक्रि वितरण गर्न वालिङ सहित जिल्लाका अन्य पालिकाहरुलाई समेत स्टल निशुल्क दिईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कालीगण्डकीमा उत्पादन भएका केराको थामबाट बनेका सामाग्री देखि पुतलीबजारमा बनेका अचार तथा झोला प्रर्दशनीसंगै विक्रिका लागी स्टल प्रदान गरेका छौँ ।”
२०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिडका कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । धेरै वर्षको अन्तरालमा गरिएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक नै रहेको देखिएको छ । 
महोत्सवको छैठौँ दिन आज युवाहरुको माँझमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुतिले दर्शकलाई निकै मनोरञ्जन प्रदान गरेको थियो भने लोक गायक खुमन अधिकारी, जिवन दहाल, शंकर विरही गुरुङ, सुमन थापा, रितु शाहि, मुक्त खवास, सन्दिप बस्याल, सुरज श्रेष्ठको रमाईलो प्रस्तुति र नृत्यकार सलिना थापाको नृत्यले दर्शकले निकै मनोरञ्जन लिएका थिए। 
त्यस्तै आज बुधबार रचना रिमाल, प्रकाश पराजुली, सुजन लम्साल, सम्झना लामिछाने मगर, माया गुरुङ, उमादेवि खनाल, पिन्स लम्सालको प्रस्तुति रहनेछ भने हास्यतर्फ सागर लम्साल बले र नृत्यकार सृजना गुरुङको समेत प्रस्तुति रहनेछ । 
दैनिक प्रतियोगितात्मक प्रस्तुति अन्र्तगत स्याङ्जा डान्स आईडलमा २ जना , विद्यालयस्तरीय नृत्य प्रतियोगितामा २ विद्यालय, रत्यौली गित प्रतियोगितामा २ समुहले आफ्ना एकल तथा सामुहिक प्रस्तुति प्रस्तुत गरेका थिए ।  २०५४ सालमा स्थापना भएको वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । 
प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महा उत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका स्टलहरु राखिएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...