समाचार
पशुरुहरुको पोषण सम्बन्धी तालिम
रेडियो आँधीखोला
वालिङ, २४ माघ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा ३ दिने पशुहरुका लागी पोषण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाका प्रत्येक पालिकाबाट २ जनाका दरले व्यवसायिक रुपमा पशुपालन गरेका कृषकहरुको सहभागिता थियो ।
कार्यक्रममा कार्यालयका निमित्त प्रमुख गोपाल गिरीले पशुरु पालन गरिरहनुभएका कृषकहरुले कसरी लागत घटाउने र उत्पादन बृद्धि गरी धेरै फाईदा कसरी लिने भन्ने विषयमा पशु आहारका विषयमा तालिम दिईएको भन्दै तालिमको सहि उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतम, डा.अनिल गौतम, डा. अनिल चौधरी, गोपाल गिरी, पुरुषोत्तम कोईराला, जयदेवि गुरुङहरुले सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो । ३ दिने तालिममा पशुहरुका लागी चाहिने आहार, दाना बनाउने तरिका, कसरी स्थानीय रुपमै उत्पादित वस्तुबाट दाना बनाउने, कति मात्रा दिने, कति पटक दिने कस्तो घाँसहरुको प्रयोगले दुध तथा मासुमा उत्पादन लिन सकिन्छलगायतका विषयमा सहजीकरण गरिएको थियो ।