अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङ महोत्सवमा गरिएको कृषि प्रर्दशनी प्रतियोगितामा ५ विधामा विजेता छनोट

news

 
रेडियो आँधीखोला
वालिङ, २८ माघ ।
आठौँ वालिङ महोत्सवमा गरिएको कृषि प्रर्दशनी प्रतियोगिताको नजिता सार्वजानिक गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्धारा आयोजित महोत्सवमा कृषि प्रर्दशनी प्रतियोगिता समेत आयोजना गरिएको थियो । कृषि प्रर्दशनी प्रतियोगितामा विभिन्न ५ विधामा प्रथम, द्धितिय र तृतिय छनोट भएका छन् भने १६ जनाले सान्त्वना पुरस्कार प्राप्त गर्दैछन् । माघ २३ गतेदेखि २५ गतेसम्म गरिएको कृषि प्रर्दशनीमा तरकारी तर्फ वालिङ ५ की भिमा रेग्मी प्रथम, वालिङ ५ कै हुमनाथ लामिछाने द्धितिय, र वालिङ १३ की जमुना तिवारी तृतिय हुनुभएको छ । 
त्यस्तै फलफूलतर्फ वालिङ ५ की शुसिला लामिछाने प्रथम, वालिङ ६ की गंगा रेग्मी द्धितिय र वालिङ ६ कै रोमणीप्रसाद रेग्मी तृतिय हुनुभएको छ । त्यस्तै नगदेबालितर्फ वालिङ १४ का नारायण खांण प्रथम, वालिङ ११ का थानबहादुर थापा द्धितिय र वालिङ ५ का सन्तोष लामिछाने तृतिय हुनुभएको छ । त्यस्तै अन्नबालीतर्फ वालिङ १ का संजय काफ्ले प्रथम, वालिङ ५ का भीमराज लामिछाने द्धितिय र वालिङ १ की अम्बिका अर्याल तृतिय हुनुभएको छ । 
त्यस्तै मसलाबालीमा वालिङ २ का लोकनाथ ढुंगाना प्रथम, वालिङ ५ का हुमनाथ  लामिछाने द्धितिय र वालिङ ५ कै गिरधारी लामिछाने तृतिय हुनुभएको छ । प्रतियोगितामा १६ जनालाई शान्त्वना पुरस्कार प्रदान गरिने कृषि उपसमिति संयोजक पिताम्बर भुसालले बताउनुभयो । प्रतियोगितामा काउली, टमाटर, सुन्तला, मेवा, केरा, च्याउ, उँखु, कफि, फापर, मकै, अलैँची, अकबरे खुर्सानी, अदुवालगायत विभिन्न तरकारी, फलफुल, नगदेबाली, अन्नबाली र मसलाबाली प्रर्दशनी गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...