अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

आँधीखोला सञ्चार सहकारीको नयाँ सञ्चालक समितिको अध्यक्षमा थापा चयन

news

 
रेडियो आँधीखोला
वालिङ, २७ फागुन ।
स्याङ्जाको वालिङमा रहेको आँधीखोला सञ्चार सहकारी संस्था तथा रेडियो आँधीखोलाको छैटौं अधिवेशन सम्पन्न भएको छ । संस्थाको आइतबार सम्पन्न अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि सर्वसम्मतले नयाँ सञ्चालक समिति चयन गरेको हो ।
अधिवेसनले शान्ता थापाको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिवमा हिमलाल पराजुली र कोषाध्यक्षमा विमल अर्याल रहनुभएको छ । यसैगरी सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुव पङ्गेनी, हिमबहादुर विक, टङ्कप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपाल जिटी सर्वसम्मत चयन हुनुभएको हो । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी रहनुभएको छ भने सदस्यहरुमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल चयन हुनुभएको छ ।  
संस्थाको नयाँ सञ्चालक एवम् लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको छैटौं अधिवेशनका निर्वाचन मण्डलका संयोजक धु्रव शर्मा पङ्गेनीले जानकारी दिनुभयो । यस आँधिखोला सञ्चार सहकारी संस्था लिमिटेडको सञ्चालक समिति एवम् लेखा सुपरिवेक्षण समितिको आगामी चारवर्षे कार्यकालका लागि आवस्यक संख्या अनुसार उमेदवारी परेको निर्वाचन समितिले निकालेको सूचनामा जनाइएको छ । आवस्यक संख्यामा मात्र उमेदवारी परेकाले सर्वसम्मत नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिद्वाराजारी सूचनामा उल्लेख गरिएको छ । 
२०६३ सालमा स्थापित सहकारी संस्थाले २०६४ को मंसिर ६ गते सामुदायिक रेडियो आँधिखोला १०५.४ मेगाहर्जको परिक्षण प्रसारण गरी एफ एम रेडियो सञ्चालन गरिएको हो । ४ सय ६४ जना शेयर सदस्य रहेको सहकारीले शनिबार १८ औं साधारण सभा सम्पन्न गरि आइतबार छैटौं अधिवेशन मार्फत नयाँ समिति निर्वाचित भएका हुन । स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा आँधिखोला सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो ५ सय वाटमा दैनिक १८ घण्टा प्रसारण हुँदै आएको छ । रेडियो फ्रिक्वेन्सी १०५.४ मेगाहर्जसहित अनलाईनमार्फत संसारभर प्रत्यक्ष सुन्न सकिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...