समाचार
रेडियो सुन्ने वातावरण सिर्जना गर्न रेडियो वितरण
रेडियो आँधीखोला
वालिङ, २७ फागुन ।
आँधीखोला संचार सहकरी संस्था लिमिटेड तथा रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ ले रेडियो वितरण गरेको छ । संस्थाको १८औँ वार्शिक साधारण सभा तथा छैटौँ अविधेसनको अवसरमा आफ्ना सदस्यहरुलाई रेडियो वितरण गरेको हो । संचार जगतमा रेडियोको भुमिका अतुलनिय रहेको भन्दै पछिल्लो समय सामाजिक संजालहरुको विकास भईरहेका बेला रेडियोलाई समय सापेक्ष अगाडि बढाउँदै रेडियो सुन्ने बानीको विकास गर्न रेडियो वितरण गरिएको संस्थाले जनाएको छ ।
शनिबार रेडियो भवनमा आयोजित साधारण सभा अधिवेसनको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले रेडियोको माध्यमबाट नागरिक सचेत हुँदै देश विदेशमा भईरहेका घटनाक्रमलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको बताउनुभयो ।
२०६३ सालमा स्थापना भएको रेडियो आँधीखोला स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा स्थापित भई अहिलेसम्म निरन्तर रुपमा नागरिकलाई सुसूचित बनाउँदै आएको सभापति अर्यालले बताउनुभयो । साथै सभापति अर्यालले रेडियोलाई प्रविधिमय बनाउनका लागी प्रदेशबाट सहयोगको लागी आँफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका गण्डकी प्रदेशका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारी, नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल,
नेकपा माओवादीका भक्तबहादुर गोतामे, राप्रपाका युक्तप्रसाद तिवारी, रेडियोका निवर्तमान अध्यक्ष धुव्रप्रसाद शर्मापंगेनी, रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईराला, त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्याल, सामाजिक अभियन्ता टिकराज गुरुङ, वडा अध्यक्षहरुको तर्फबाट वालिङ ८ का अध्यक्ष दामोदार तिवारी, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण डुम्रे, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठ, विद्यालय तथा शैक्षिक संस्थाहरुको तर्फबाट बालोदय माविका पिन्सीपल अमृत अर्याल,
सामाजिक संघसंस्थाहरुको तर्फबाट पेखु बाघखोर रेडक्रस उपसाखाका सभापति विष्णुप्रताप खांण, वालिङ साना सहरी खानेपानीका अध्यक्ष विद्या श्रेष्ठ, सहकारी संस्थाहरुको तर्फबाट उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, सेयर सदस्य दिनबन्धु पराजुलीलगायतले रेडियोले समाज तथा नागरिकको चेतनास्तरलाई माथि उकास्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद पाण्डेले रेडियोलाई आधुनिक प्रविधियुक्त बनाउन पहल गर्ने, समुदायमा रेडियो कार्यक्रम निर्माण गरी समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम उत्पादन र प्रसारण गर्दै आईएको भन्दै यस कार्यलाई स्तरोन्नति गर्दै लगिने कर्मचारीको स्थायित्व र वृत्ति विकासका लागी निति कार्य आरम्भ गर्ने, रेडियोको आर्थिक विकासका लागी केन्द्र प्रदेश र स्थानीय सरकारसंग सहकार्य गर्दै लगिनेलगायत कार्यहरु उल्लेखित प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, लेखा समिति संयोजक विमल अर्यालले समेत आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, संचालन सदस्य शान्त थापा र धन्यवाद सदस्य श्रीकृष्ण सिग्देलले गर्नुभएको थियो ।
२०६३ मा संस्था दर्ता गरी २०६४ मंसिर ६ गते जिल्लाकै पहिलो आवाजको रुपमा रेडियो आँधीखोलाले परीक्षण प्रसारण शुरु गरेको हो । रेडियो अहिले स्याङ्जा सहित, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की सहित गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा १०५.४ मेगाहर्जमा सुन्न सकिन्छ भने वेभसाईड धधध।चबमष्यबबमजष्पजयबि।यचन र हाम्रो पात्रो एपमा विश्वभर सुन्न सकिन्छ । रेडियो दैनिक १८ घण्टा प्रशारण हुँदै आएको छ ।