अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

news

 

  फागुन २८,  काठमाण्डौ – शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदैछन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । यसअघि पुष १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाइसकेका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...