अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

पंगेनी समाज नेपालको केन्द्रिय महाधिवेसन, ११ जिल्लाका पंगेनी वालिङमा

news

 
रेडियो आँधीखोला
वालिङ, २९ फागुन ।
पंगेनी समाज नेपालको केन्द्रिय महाधिवेसनको उद्दघाटन समारोह वालिङको पतञ्जली योग भवनमा सम्पन्न भएको छ । स्याङ्जा सहित ११ जिल्लाका पंगेनी बन्धुहरुको सहभागिता रहेको महाविधेसन कार्यक्रमको उद्दघाटन पंगेनी समाजका जेष्ठ व्यक्तित्व ९६ वर्षीय तुल्सीराम पंगेनीले गर्नुभएको हो ।
कार्यक्रममा समाजका केन्द्रिय महासचिव लिलाप्रसाद पंगेनीले संगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष यदुराज पंगेनीले समेत आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
पंगेनी समाज नेपालका केन्द्रिय सदस्य तथा पंगेनी समाज स्याङ्जाका सल्लाहकार धु्रवप्रसाद शर्मापंगेनी, समाजका स्याङ्जाका अध्यक्ष मनप्रसाद पंगेनी, समाजका कास्की अध्यक्ष श्रीभद्र पंगेनी, पाल्पाका अध्यक्ष दयाराम पंगेनी, गुल्मीका गुनाखर पंगेनी, चितवनका शिवहरि पंगेनी, नवलपरासी सुस्ता पुर्वका  सुर्यप्रसाद पंगेनी, नवलपरासी सुस्ता पश्चिमका नरेशप्रसाद पंगेनी, प्राध्यापक डा. भवेश्वर पंगेनीले आ–आफ्ना जिल्लागत वस्तुस्थितिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा पंगेनी वंशावली प्रतिवेदन, खोज अनुसन्धानका लागी प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोेजकत्वमा समिति समेत गठन गरिएको छ । कार्यक्रमम समाजका केन्द्रिय अध्क्ष दुर्गादत्त पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष टिकाराम पंगेनी, संचालन सचिव शरदबाबु पंगेनीले गर्नुभएको थियो । सोमबार आयोजित महाधिवेसन कार्यक्रममा पंगेनी बन्धुहरुको बाहुल्यता भएका जिल्लाहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने समाजले अन्य जिल्लाहरुमा आफ्नो क्षेत्र विस्तार गर्दै लैजाने  समेत जनाएको छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...