समाचार
रोटारी क्लबद्धारा विश्व मृगौला दिवसका अवसरमा सचेतनामुलक ¥याली
रेडियो आँधीखोला,
वालिङ १ चैत्र ।
विश्व मृगौला दिवसका अवसरमा रोटरी क्लब वालिङले सचेतनामुलक ¥याली सम्पन्न गरेको छ । स्वस्थ मृगौला सबैका लागी सबै ठाउँमा भन्ने नाराका साथ रोटरी क्लबले सचेतनामुलक ¥याली सम्पन्न गरेको हो । दिवसका अवसरमा पुर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मृगौला सम्बन्धी प्रशिक्षण प्रदान गरी ¥याली गरिएको क्लबका अध्यक्ष सिता पाण्डेले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा मृगौला रोग विषेशज्ञ डा. गणेशप्रसाद सापकोटाले मृगौला र यसको महत्व, मृगौलालाई स्वस्थ राख्ने उपायलगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण पश्चात पुर्णामृत भवानी माविबाट निकालिएको ¥यालीले वालिङ मोड तल्लो वालिङ हुँदै भुम्रे चोकबाट वालिङ सामुदायिक डायलाईसिस केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो । डायलाईसिस केन्द्रमा मृगौला डायलाईसिस गराईरहनुभएका विरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर मृगौला स्वस्थ राख्नका लागी अभिप्रेरित गरिएको क्लबका अध्यक्ष पाण्डेले बताउनुभयो । कार्यक्रममा मिर्दि क्लिनिकका प्रोपराईटर सन्तोष रेग्मीले डायलाईसि सेन्टरमा डायलाईसिस गराईरहनुभएका विरामीहरुलाई फलफूल वितरण गर्नुभएको छ ।