अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, ६ चैत ।
नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडाकी ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो ।
शिशुलाई अचेत अवस्थामा फागुन २९ गते टौवामुनि फेला पारेर पछि प्रहरीको टोली गएर उद्धार गरेको थियो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले अचेत अवस्थामा रहेको शिशु जिल्ला अस्पतालमा उपचारपश्चात् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा फागुन ३० गते मृत्यु भएको हो । टौवामुनि नवजात शिशु फाल्ने आमालाई शिशुको मृत्युपश्चात् खोजतलास गर्ने क्रममा लुकिछिपी जिल्ला अस्पताल स्याङ्जामा आफ्नो उपचार गरी रहेको अवस्थामा पक्राउ गरेको रानाले बताउनुभयो ।
प्रहरीले घटनामा संलग्न नेपालीलाई  कर्तव्य ज्यान मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...