अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चापाकोटमा आगोलागी हुँदा साढे दुई लाखको क्षति

news

 
रेडियो आँधीखोला
वालिङ, ६ चैत ।
स्याङ्जाको चापाकोट न.पा. –५ सिममा मंगलबार विहान आगोलागी हुँदा साढे दुई लाखको क्षति भएको छ । चापाकोट ५ बस्ने बर्ष ५२ को होम बहादुर आलेको टिनले छाएको बाख्राको खोरमा बिद्युत सर्ट भई आगोलागी हुँदा बाख्रा र कुखुरा जलेर मरेका हुन् । बाख्राको खोरमा रहेको १६ वटा बाख्रा सोही खोरको अर्को कोठामा रहेको ५० वटा कुखुरा मरेको हो । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाका अनुसार आगोलागीबाट अन्दाजी २ लाख पचास हजारको क्षति भएको हो । आगो स्थानीय, प्रहरीको सहायताले नियन्त्रणमा लिएपछि अन्य थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...