अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ज्यान मार्ने उद्योग मुद्धामा संलग्न २५ बर्ष देखी फरार व्यक्ति पक्राउ

news

 
रेडियो आँधीखोला,
वालिङ ७ चैत्र ।
ज्यान मार्ने उद्योग मुद्धामा अदालतले सजाय फैसला गरेको एक पुरुष २५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार स्याङ्जा जिल्ला अदालतले २०५५ सालमा ज्यान मार्ने मुद्धामा ३ बर्ष ८ महिना ४ दिन कैद तोकिई फरार रहेका पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिरूवा गाउँपालिका वडा नं. ७ सपौदी बस्ने बर्ष ४८ को दुत पसाद. गुरूङ रहनुभएको छ । गुरुङलाई गोप्य सूचनाको आधारमा मंगलबार पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाएको प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । 
त्यस्तै वस्तु बिक्रि करार मुद्धामा एक वर्ष अघि कैद सजायँ तोकिएका व्यक्ति पनि पक्राउ परेका छन् । स्याङ्जा जिल्ला अदालतले २०७९ फाल्गुन ३० गतेको फैसलाले २ बर्ष कैद तोकिई फरार रहेका वालिङ नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटो बस्दै आएका बर्ष २८ को राम प्रसाद पराजुलीलाई काठमाण्डौंबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पराजुलीलाई पक्राउ गरी स्याङ्जा ल्याई जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...