समाचार
चापाकोटको बाटरा सामुदायिक वनमा भेटियो नवजात शिशु
रेडियो आँधीखोला,
वालिङ ७ चैत्र ।
स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । चापाकोट नगरपालिका ९ मजुवाको बाटरा सामुदायिक जंगलमा बेवारिसे अवस्थामा (सालनाल नछुटिएको अवस्थामा) नवजात शिशु फेला परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए ।
नवजात शिशुलाई चापाकोट अस्पतालमा प्राथमिक उपचार गरी पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरा पत्ता नलागेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।