अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाबाट ४ हजार १२४ जनाले एसईई दिँदै

news

 
कला राना,
स्याङ्जा ८ चैत ।
स्याङ्जाबाट यस वर्षको एसईई परिक्षामा ४ हजार १२४ जना परिक्षार्थीले एसईई दिने भएका छन् । यही चैत्र १५ गतेबाट शुरु हुने एसईई परिक्षामा स्याङ्जाबाट साधारण तर्फ नियमित ३ हजार ९०८ जना, प्राविधिकतर्फ १५६ जना, गे्रड वृद्धितर्फ ६० जना गरी ४ हजार १२४ जना परिक्षार्थीले एसईई दिने भएका हुन् । जिल्ला शिक्षा ईकाइको कार्यालय स्याङ्जाका साखा अधिकृत सुरेश सुवेदीका अनुसार जिल्लामा २६ ओटा परिक्षाकेन्द्रहरु तोकिएको छ ।
 
परिक्षा केन्द्र तोकिएका विद्यालयका प्रअ वा प्रअले खटाएका व्यक्ति नै सम्बन्धीत परिक्षा केन्द्रको केन्द्राध्यक्ष हुनेछन् ।  एसईई आउन ६ दिन बाँकी रहँदा उत्तर पुस्तिकाहरु सबै पालिकामा पु¥याउने कार्य भईरहेको छ । ११ पालिका रहेको स्याङ्जामा पुतलीबजार नगरपालिका, विरुवा, हरिनास गाउँपालिकामा उत्तरपुस्तिका पुगिसकेको छ भने अन्य पालिकाहरुमा पनि उत्तरपुस्तिका पु¥याउने कार्यमा कार्यालय जुटेको छ । भौगोलिक रुपमा टाढा रहेका पालिकाहरुमा प्रश्नपत्र  र उत्तरपुस्तिका संगै पठाउने तयारी गरिएको कार्यालयले जनाएको छ । प्रश्नपत्र सम्बन्धीत प्रहरी चौकीहरुमा प्रहरीकै निगरानीमा पठाईनेछ । एक परिक्षा केन्द्रमा ४ जनाका दरले सुरक्षाकर्मी परिचालित हुनेछन् । परिक्षा विहान ८ देखि ११ बजेसम्म संचालन हुनेछ । एसईईको पहिलो दिन चैत्र १५ गते अनिवार्य अंगे्रजी विषयको परिक्षा हुनेछ । चैत्र २७ गते परिक्षा सकिनेछ ।
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...