अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जा अपाङ्ग समाजद्वारा वालिङ नगरपालिकालाई प्रशंसा पत्र हस्तान्तरण

 
रेडियो आँधीखोला,
वालिङ ९ चैत्र ।
स्याङ्जा अपाङ्ग समाजले वालिङ नगरपालिकालाई प्रशंसा पत्र हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेलले नगर उपप्रमुख कविता तिवारी, प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मामार्फत नगरपालिकालाई प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।
 
वालिङ नगरपालिकामा स्याङ्जा अपाङ्ग समाजद्वारा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा सञ्चालित स्थानीय तहमा अपाङ्गता समावेशी कार्यक्रमतर्फ उल्लेखनीय कार्य गरेको भन्दै नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरेको हो ।
 
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«ेले वालिङलाई अपाङ्गमैत्री नगर बनाउने चाहनामा थप बल पुगेको बताउनुभयो । वालिङलाई अपाङ्गमैत्री नगर बनाउनकालागि सुरुआत भईसकेको बताउँदै यसलाई निष्कर्षमा पु¥याउन सबै सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा उहाँले गर्नुभयो ।
 
अपाङ्गता भएका ब्यक्तिहरुलाई उद्यमशीलतासँग जोड्दै अगाडि बढ्ने बताउँदै उत्पादित सामग्रीहरुको कोसेली घरमार्फत बजारीकरणकालागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आगामी दिनमा पनि अपाङ्गताका सवालहरुमा समन्वय र सहकार्य गर्दै वालिङलाई अपाङ्गमैत्री पालिका बनाउन सहयोग गर्ने स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवम् वालिङ नगरस्तरीय पैरवी समूहका संयोजक राम शर्मा पोखरेलले बताउनुभयो ।्
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...