समाचार
वालिङमा ३ महिने ३९० घण्टे आधारभुत सिलाईकटाई तालिम सम्पन्न
रेडियो आँधीखोला,
वालिङ १० चैत्र ।
वालिङमा ३ महिने ३९० घण्टे आधारभुत सिलाईकटाई तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा आधारभुत सिलाईकटाई तालिम वालिङ ८ नँयाबजारमा सम्पन्न भएको हो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले महिलाहरुलाई व्यवसायिक सिप विकासको तालिम मार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । महिलाहरु आर्थिक रुपमा सक्षम भएमा थप अगाडि बढ्न मद्दत पुग्ने भन्दै अव व्यवसायिक सिप विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा वालिङ वडा नंं ५ का अध्यक्ष छवि आले, ११ का अध्यक्ष डण्डपानी पंगेनी, प्रशिक्षार्थी सुमित्रा अधिकारीलगायतले बोल्नुभएको थियो । सिप विकास तालिम केन्द्रका प्रमुख लक्ष्मीभद्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख प्रशिक्षक लिलबहादुर रनपाल र संचालन गिता बस्यालले गर्नुभएको थियो । २० जना महिलाहरुको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षक लिलबहादुर रनपाल, सहायक प्रशिक्षक चित्रकुमारी दर्जीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापक गिता रनपालले गर्नुभएको हो ।