समाचार
विकास र समृद्धिका लागी खरो रुपमा उत्रनुपर्छ ः मन्त्री गिरी
कला राना,
स्याङ्जा ११ चैत ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदमराज गिरीले देशमा परिर्वतन हुन्छ भन्ने आशमा बसेका नागरिकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा रहेको बताउनुभएको छ । वालिङ नगरपालिकामा आयोजित अन्र्तक्रियामा बोल्दै मन्त्री गिरीले भन्नुभयो, ‘देशको व्यवस्था फेरियो, अवस्था फेरिन सकेन् । देशमा संविधानआएको दशकपुग्यो, संघिय लोकतान्त्रिक प्रणाली आयोे, समानता आए तर पनि नागरिकको अवस्था फेरिएन् ।’
नागरिकको धैर्यताको बाँध टुट्ने अवस्थामा रहेको भन्दै अव देशका लागी गर्छु भनेका जनप्रतिनिधि, राजनितिक दलले डुबुल्की मारेर काम गर्नुपर्ने मन्त्री गिरीले बताउनुभयो । शुसासन र समृद्धिका मुद्धामा खरो रुपमा उत्रिनुपर्ने बेला आएको भन्दै जनताको निरासा बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मन्त्री गिरीले भन्नुभयो, ‘देशको विकास र समृद्धिका लागी दलगत स्वार्थ भन्दा माथि उठेर सबै राजनितिक दल एउटै लयमा हिँडनुपर्छ । भ्रष्टाचारलाई शुन्यमा झार्नुपर्छ ।’विकासलाई तिव्र गतिमा अगाडि बढाउनुपर्ने भन्दै मन्त्री गिरीले जनप्रतिनिधिको आँखामा सबै नागरिक समान हुनुपर्नेमा जोड दिनुभयो । देश रित्तिँदो अवस्थामा रहेको भन्दै राजनिति प्रति नागरिकको बितृष्णा बढेकाले यसको जिम्मेवारी सबैले लिनुपर्ने उहाँले बताउनुभयो ।
विदेशमा समेत नेपालीहरुको स्थिति भयावह रहेको भन्दै यस्ता समस्याहरुलाई समाधान गर्दै अव आश्वासन भन्दा काम गर्नुपर्ने बेला आएको बताउनुभयो । भुम्रे हुवासको सडकका विषयमा आँफू पुर्ण जानकारी रहेको रातो किताबमा समेत परेको सडक ठेक्क पनि लागेको र बजेट अभावका कारण रोकिएको यसलाई निकास दिन आँफूले पहल गर्ने मन्त्री गिरीले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले संघ र स्थानीय तहको कानुन बाझिएर कतिपय अवस्थामा काम गर्न अप्ठ्यारा स्थिति रहेको भन्दै त्यस्ता जटिलतालाई सहज बनाउन मन्त्री समक्ष आग्रह गर्नुभयो । बाँदर आतंकका कारण जमिन बाँभmो हुने, बसाईसराई बढ्ने जस्ता समस्या रहेको भन्दै यसको नियन्त्रणका लागी कानुन संसोधन गरेर भएपनि यसको समाधान गर्न पहल गर्न नगरप्रमुख खांणको सुझाव छ ।
वालिङमा चुनढुङ्गाको संभावना रहेको र नगरले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने निर्णय गरेर अगाडि बढेको भन्दै यसमा समेत कानुनी अड्चन देखिन सक्ने भन्दै स्थानीय तहलाई नै जिम्मादिने गरी कानुन ल्याईनुपर्ने नगरप्रमुख खांणको भनाई छ। कार्यक्रमको संचालन नगर प्रवक्ता पदमराज गुरुङले गर्नुभएको थियो ।