समाचार
अखिल नेपाल किसान महासंघ वालिङ नगरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गैहे«
वालिङ, १२ चैत्र ।
स्याङ्जाको वालिङमा अखिल नेपाल किसान महासंघको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार अखिल नेपाल किसान महासंघ वालिङ नगरको दोस्रो अधिवेशन सम्पन्न गरिएको हो ।
अधिवेशनले रत्नाखर गैहे«को अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्षमा जुद्ध खनाल हुनुहुन्छ भने सचिवमा सागर पङ्गेनी रहनुभएको छ । यसैगरी कोषाध्यक्षमा सूर्य काफ्ले र उपसचिव सुकमायाँ सार्की चयन भएका छन् । अरु २० जना सदस्यसहित महासंघको दोस्रो अधिवेशनबाट २५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व सांसद एवम् नेकपा एमालेका नेता मोहन रेग्मीले सरकारले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।
स्थानीय उत्पादनमा वृद्धि ल्याउन सकियो भने नागरिकहरु आत्मनिर्भर हुनसक्ने भएकाले राज्यले किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा पार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । यसकासाथै स्थानीय उत्पादनको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने नेता रेग्मीको भनाई छ । यसो गर्न नसक्दासम्म किसानहरु ढुक्कसँग कृषिलाई पेशाकारुपमा अपनाउने वातावरण नबन्ने उहाँले व्यक्त गर्नुभयो ।
नेता रेग्मीले भन्नुभयो—“स्थानीय तहले नागरिकहरुलाई उत्पादनसँग जोड्न किसानमुखी कार्यक्रम लागु गर्नुपर्छ । उत्पादनसँगै आम नागरिक आत्मनिर्भर हुनु भनेको स्थानीय पालिका आत्मनिर्भर हुनु भएकाले किसानमुखी कार्यक्रमलाई जोड दिन आवस्यक छ । योसँगै किसानका उत्पादनको विक्रि वितरणको जिम्मा पनि स्थानीय सरकारले लिनुपर्छ र मात्र किसानहरु ढुक्कसँग कृषिलाई पेशाकारुपमा अपनाउने वातावरण बन्छ ।”
नेकपा एमालेले २३ वटा जनसङ्गठन निर्माण गर्ने केन्द्रीय निर्णय अनुसार अखिल नेपाल किसान महासंघ पनि एक हो । किसानको हक हितका लागि आवाज वुलन्द गदै महासंघ मार्फत सांगठनिकरुपमा अगाडि बढ्न किसानहरुलाई आग्रह गर्नुभयो । यसकासाथै पार्टीको विचार, दृष्टिकोण र योजनालाई अङ्गिकार गर्दै जनसंगठनहरु लाग्न उहाँले जोड दिनुभयो ।