अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङ नगरपालिकाले बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने

news

 
वालिङ, १३ चैत ।
स्याङ्जाको वालिङ नगरपालिकाले बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत “मासुमा आत्मनिर्भर कार्यक्रम र बाख्रा बिकास कार्यक्रम” शिर्षकमा विनियोजित रकमबाट वालिङ नगरकार्यपालिकाको गत माघ २४ गतेको निर्णय अनुसार बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने भएको हो ।
 
मङ्गलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित सूचना मार्फत बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने जानकारी गराइएको हो । मिति २०८० माघ २४ गतेको निर्णय अनुसार यस नगरपालिका भित्र व्यवसायिक बाख्रापालन गरिरहेका र आर्थिक मन्दीका कारण व्यवसायमा समस्या परेका किसानहरुलाई व्यवसाय पुनस्र्थापनाका लागि बीउ पूँजी रकम उपलव्ध गराउने कार्यक्रम रहेकोले इच्छुक व्यवसायिक बाख्रापालक किसानहरुले २१ दिनभित्र सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । 
 
यो कार्यक्रममा सहभागि हुनका लागी व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता प्रमाण, निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपी, संक्षिप्त व्यवसायिक प्रस्ताव,बीउपूँजी नियमानुसार चुक्ता गर्ने प्रतिवद्धता पत्रलगायतका कागजात आवश्यक पर्ने नगरपालिकाद्धारा जारी सूचनामा भनिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...