समाचार
नैतिक शिक्षा विषय अनिवार्य रुपमा पाठयक्रममा समावेश गर्न विश्व हिन्दु युवा संघ स्याङ्जाको अपिल
वालिङ, १४ चैत ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले गण्डकी प्रदेशका सबै स्थानीय तहमा नैतिक शिक्षा लागू गर्न आग्रह गर्दै स्थानीय तहमा ज्ञापन पत्र पठाईएकोे छ । जिल्ला भित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै विश्व हिन्दु युवा संघले स्थापनाकाल देखि नै धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको छ । संघले जिल्लाका सबै पालिकालाई नैतिक शिक्षा आगामि शैक्षिक सत्रबाट लागू हुने गरि पाठयक्रममा समावेश गर्न ज्ञापन पत्रमा अनुरोध गरेको छ ।
पछिल्लो समय समाजमा विभिन्न खालका अनैतिक कार्यहरु बढ्दै गएको र यसको न्यूनीकरणको लागि नैतिक शिक्षा आवश्यक रहेको कुरा विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले जानकारी दिनुभयो । स्याङ्जा र गण्डकी प्रदेश भित्रका पालिकाहरुमा नैतिक शिक्षा विषय आबश्यक रहेको भन्दै ज्ञापनपत्र पठाइएको उहाँले जानकारी दिनुभएको छ ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जामा संस्कृत भाषा कक्षा सन्चालन,संस्कृत पुस्तकालय स्थापना,पृथ्वी जयन्तिको अवसरमा स्याङ्जामा सार्वजनिक बिदा गराउन पहल, नैतिक शिक्षा लागू गराउन पहल र स्याङ्जाका केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा विषय लागू गराउने प्रतिबद्धता जनाएका छ्न। ३ वर्ष अघि देखि संघले नैतिक शिक्षा विषय लागू गराउन पहल गरेको छ ।