अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेकपा एमाले स्याङ्जाको ९ औँ अधिवेशनको लोगो सार्वजनिक

news

 
वालिङ, १६ चैत्र ।
नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाले ९ औँ जिल्ला अधिवेशनको चिन्ह (लोगो) सार्वजनिक गरेको छ । स्याङ्जाको पहिचान झल्किने र सवै जातजातीलाई एकताको सुत्रमा बाँध्ने चिन्ह सार्वजनिक गरिएको जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस)ले जानकारी दिनुभयो ।
गोलाकार अंकित लोगोमा पार्टीको चुनाव चिन्हको छत्रछाँया मूनी पार्टीको झण्डा बोकेका कार्यकर्तालाई चित्रण गरिएको छ । यस्तै आँधिखोला नदीले आँधिखोले सभ्यता झल्काएको छ । स्याङ्जाको सुन्तला र कफीलाई आर्थिक समृद्धिसँग जोड्न खोजिएको छ ।
लोगोको मुनि भागमा सबै जातजातीको कला संस्कृतिलाई देखाईएको छ । जस्ले यहाँको जातीय एकता मजबुत छ भन्ने सन्देश दिएको छ । जिल्ला पार्टी कार्यालय स्याङ्जामा लोगो सार्वजनिक गर्दै अध्यक्ष गैह्रेले जिल्ला भित्रको पार्टीलाई मजबुत बनाउने गरी अधिवेशन सम्पन्न गरीने बताउनुभयो । यही चैत २३ र २४ गते आयोजना हुने नवौं अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्ने कार्यक्रम रहेको गैह्रेले बताउनुभयो  ।
अधिवेशनको समय नजिकिंदै गर्दा जिल्लाको नेतृत्व सम्हाल्ने उम्मेदवारको चर्चा पनी स्याङ्जामा बढ्न थालेको छ । अहिले अध्यक्षको आकांक्षीमा बहालवाला जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे र सचिव राजेन्द्र डुम्रेको चर्चा छ । यस्तै पूर्व सासंद र प्रदेश कमिटीका पदाधिकारी समेत जिल्ला अध्यक्षको आकांक्षी रहेको चर्चा छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...