अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मुग्लिन नजिकै त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको ज्यान गयो

news

 

चैत १७, काठमाण्डौ -  चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी  त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।

आज बिहान सवा ७ बजेतिर  बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको तर पहिचान खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।  ट्याक्सी काठमाण्डौबाट गोरखा जाँदै गरेको खुलेको छ ।

थप विवरण आउनेक्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...