अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

फेदिखोलामा रहेको बालगृहमा बराल परिवारद्वारा अक्षयकोषका लागि रु.९० हजार १ सय १ प्रदान

news

 
रेडियो आँधीखोला
वालिङ, १७ चैत्र ।
स्याङ्जाको फेदिखोलामा रहेको अमोर सेवा बालगृहले १२ औं वार्षिकोत्सव मनाएको छ । फेदिखोला गाउँपालिका वडा नम्वर १ कटुजेस्वाँरामा रहेको बालगृहले शनिबार आफ्नो १२ औं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नम्वर २२ का हुमादेवी बरालले अक्षयकोष स्थापनाका लागि रु. ९० हजार १ सय १ प्रदान गर्नुभयो । बरालले आफ्ना श्रीमान छविलाल उपाध्याय बरालको स्मृतिमा बालगृहलाई अक्षयकोष स्थापनाका लागि प्रदान गर्नुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभासद सुधीरकुमार पौडेलले जिल्लाका महत्वपूर्ण स्थानहरु मध्ये अमोरसेवा पनि एक एउटा रहेको बताउनुभयो । जिल्लाकै ऐतिहासिक र सांस्कृतिक महत्वको नुवाकोटलाई मानिने र अमोर सेवा बालगृह पनि अनाथ बालबालिकाहरुको एकमात्र आश्रय स्थल रहेको प्रदेश सांसद पौडेलले उल्लेख गर्नुभयो । 
तल्लो तहदेखि उच्च शिक्षासम्म अध्ययनरत बालबालिकाहरुमा पढाईसँगै विविध कला कौशलतामा सक्षम रहेका भन्दै प्रदेश सांसद पौडेलले बालगृह सञ्चालक र बालबालिकाहरुको प्रशंंसा गर्नुभयो । सिद्धार्थ राजमार्गदेखि बालगृहसम्मको सडक विस्तारका लागि गत आर्थिक वर्षमा केही बजेट परेको र आगामी आर्थिक वर्ष थप व्यवस्थापनका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आश्रममा झण्डै तीन दर्जन बालबालिकालाई निकै राम्रो हेरचाह गरेर सक्षम बनाउनु सराहनीय रहेको बताउनुभयो । आगामी दिनमा बालगृहका लागी  आँफ्नो तर्फबाट साथ सहयोग रहने प्रमुख जिल्ला अधिकारी नेपालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी अध्यक्ष कमला पराजुलीले बालगृहको गतिविधीसहित जानकारी गराउनु भएको थियो । यस अवसरमा बालबालिकाहरुको नृत्यसहित विविध प्रस्तुति राखेका थिए ।
अमोर सेवा नेपाल बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३३ जना बालबालिका छन् । उनिहरुको पढाई लेखाईसहित सम्पूर्ण लालनपालनको काम बालगृहले गर्दै आएको छ । कार्यक्रममा बालगृहलाई विगतका दिनमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...