अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कौशिक बगाले रेग्मी समाज गठन

news

 
रेडियो आँधीखोला
वालिङ, १७ चैत्र ।
स्याङ्जाको वालिङमा कौशिक गोत्रीय बगाले रेग्मी समाज गठन गरिएको छ । कमलप्रसाद बगालेको अध्यक्षतामा यसअघि गठन भएको तदर्थ समितिको शनिबार वालिङमा सम्पन्न भएको कौशिक गोत्रीय बगाले रेग्मीहरुको भेलाले भरतप्रसाद बगालेको अध्यक्षतामा समाज गठन गरेको हो । जसको उपाध्यक्षमा देवीप्रसाद बगाले, सचिवमा भुपराज बगाले, कोषाध्यक्षमा दयाप्रसाद बगाले रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा सरस्वती बगाले, दमकुमारी बगाले, प्रदीप बगाले, डिल्लीराम बगाले सदस्य रहनुभएको छ ।
 
नवगठित समाजले विधान बनाई संस्थागतरुपमा आगामी दिनमा गतिविधिहरु सञ्चालन गर्दै अगाडि बढ्ने भएको हो । देशैभर छरिएर रहेका कौशिक गोत्रमा आवद्ध बगाले रेग्मीहरुको संख्या संकलन गर्ने, वंशावली तयार पार्ने र सबै एकताबद्ध भर्ई गतिविधि अगाडि बढाउने उद्देश्यसहित समाजको गठन गरिएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...