अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

सहकारी दिवसका अवसरमा पालिकालाई विभिन्न माग समेटिएको ज्ञापनपत्र पेश

news

 
रेडियो आँधीखोला
वालिङ, १९ चैत्र ।
सहकारी दिवसका अवसरमा पालिकाहरुलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाईएको छ । जिल्ला बचत तथा ऋण सकारी संघ लिमिटेड स्याङ्जा र जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जाको नेतृत्वमा जिल्लाका सहकारी संस्थाहरुको सहभागितामा स्याङ्जाका विभिन्न पालिकाहरुलाई ज्ञापन पत्र बुझाईएको हो । बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ र सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलको संयुक्त हस्ताक्षर रहेको ज्ञापन पत्रमा विभिन्न १० बुँदे मागहरु समेटिएको छ । 
विविध कार्यक्रमसहित ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने तीनदिने कार्यक्रम अन्तर्गत आज दोस्रोदिन वालिङसहित जिल्लाका स्थानीय तहहरुमा बिभिन्न मागसहित ज्ञापनपत्र बुझाइएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
मागहरुमा सहकारी क्षेत्रको अनुगमन नियमन र सहजीकरणको लागी पालिकामा प्रभावकारी संयन्त्र निर्माण गरी दक्ष जनशक्तिको व्यवस्था गर्न, विभिन्न वहानामा सहकारीको बदनाम गराउने खोज्ने तत्वमाथि निगारनी राख्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने योजना कार्यान्वयन गर्न माग गरिएको छ । सहकारीको निति र सिद्धान्तभन्दा विपरित हुने क्रियालापलाई अपराधजन्य कार्य मानि नियन्त्रणका लागी ठोस कदम चाल्न माग गर्दै सहकारीमा ऋण लिने र बदनित राखी चुक्ता नगर्ने व्यक्तिलाई कारबाही गर्न र भाखा नाघेर खराब ऋणमा परिणत भएको ऋणलाई नियमित नहुन्जेल स्थानीय तहको सेवासुविधाबाट वञ्चित गर्ने निति बनाउन समेत माग गरिएको छ । 
त्यस्तै भुउपयोग निति नबनेको क्षेत्रमा निति बनाई लागू गनृ र लागू भएका स्थानमा जटिलता भए जनताको हित हुने गरी सरलीकृत गर्न समेत भनिएको छ । स्थानीय तहमा गरिने योजना तथा कार्यक्रमहरु सहकारी मार्फत गर्न र स्थानीय तहमार्फत दिईने भुक्तानी सहकारी मार्फत गर्न समेत भनिएको छ । त्यस्तै सहकारी ऐन, सहकारी शिक्षा कार्यक्रम संचालन गर्न माग गर्दै पालिकाको बजेट कार्यक्रम निर्माण तथा राजस्व परामर्श समितिमा सहकारी क्षेत्रको प्रतिनिधित्व गर्ने व्यवस्था गर्न समेत भनिएको छ। 
यता वालिङमा गरिएको कार्यक्रमा ज्ञापन पत्र बुझ्दै वालिङ नगरप्रमुख कृष्ण खांणले  सहकारीले गरेका मागहरुलाई सुक्ष्म ढंगले बुझेर नागरिकको हितमा निर्णय गरिने बताउनुभयो । सहकारी मार्फत पनि नागरिक तथा जनताकै पक्षमा काम भईरहेको र वालिङ नगरपालिकाले पनि नागरिककै पक्षमा काम गरिरहेको भन्दै सहकारीसंग समन्वय तथा हातेमालो गर्दै नागरिककै सेवामा लागिने नगरप्रमुख खांणले बताउनुभयो । कार्यक्रममा वालिङमा रहेका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...