समाचार
सहकारी दिवसमा सहकारी शिक्षा सहित कृषकलाई टनेल वितरण
रेडियो आँधीखोला
वालिङ, २० चैत्र ।
वालिङ साना किसान कृषि सहकारी संस्थाले सहकारी दिवसका अवसरमा कृषकलाई प्लाष्टिकका टनेल वितरण गरेको छ । ६७औँ सहकारी दिवसका अवसरमा संस्थाले सामुहिक कृषि कार्यमा प्रोत्साहन दिने उद्देश्यले सहकारीले ५ ओटा समुहलाई प्लाष्टिकका टनेल वितरण गरेको संस्थाका अध्यक्ष सिता पाण्डे डुम्रेले बताउनुभयो ।
दिवसको पुर्व सन्ध्यामा सहकारीले सदस्यहरुको माँझमा वित्तिय साक्षरता कार्यक्रम समेत गरेको थियो । दुई दिनसम्म संचालन गरिएको तालिममा १०० भन्दा बढी सदस्यहरुलाई वित्तिय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण दिईएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
कृषि सहकारीले कृषिकै क्षेत्रमा काम गरिहेको भन्दै संस्थाले सदस्यको हितमा काम गर्दै आएको अध्यक्ष पाण्डेले बताउनुभयो । यसैबीच यता त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडले समेत दिप प्रज्ववलन सहित दिवस मनाएको छ । २०६५ सालमा स्थापना भएको संस्थाले संस्थाको भवनमा दिप प्रज्ववलन सहित सहकारी दिवस मनाईएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्याले बताउनुभयो । कृषकको साथमा त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था सँधै रहदै आएको भन्दै उत्पादनदेखि बजारीकरणका लागी संस्थाले कृषकलाई साथ दिँदै आएको अध्यक्ष अर्यालले बताउनुभयो ।
त्यस्तै दिवसको अवसरमा गाउँबेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङले सहकारी सदस्य शिक्षा कार्यक्रम गरी मनाएको छ । सामुदायिक भवन भुम्रेमा आयोजित कार्यक्रममा संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ आयोजित कार्यक्रममा सदस्यहरुलाई सहकारीमा सुशासन प्रदान गर्नको लागी प्रविधिको महत्वलगायतका विषयमा सहकारीका अध्यक्ष विद्या श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।