अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

एमाले स्याङ्जाको नवौँ अधिवेशनको तयारी पुरा, उद्दघाटन अध्यक्ष ओलीले गर्नुहुने

news

 
 
रेडियो आँधीखोला,
वालिङ २२ चैत्र ।
नेकपा(एमाले)स्याङ्जाको शुक्रबार अर्थात भोलीबाट शुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । भोली अर्थात चैत्र २३ र २४ गते स्याङ्जाको सिटिहलमा हुने अधिवेसनको उद्दघाटन नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि शर्माओलीले गर्नुहुनेछ । अधिवेसनको तयारी पुरा भएको विषयमा प्रचारप्रसार समितिको आयोजनामा विहिबार एमाले पार्टी कार्यालय स्याङ्जामा पत्रकार सम्मेलन गरिएको थियो । भोली दिउँसो  १ बजेभित्रै अध्यक्ष तथा पुर्वप्रधानमन्त्री ओली कार्यक्रम स्थल प्रवेश गर्नुहुने आयोजकले जनाएका छन् ।
 
पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चार्ज टुकराज सिग्देलले पार्टीको अधिवेसन संगठनलाई मजबुद बनाउनका लागी गरिने पर्व भएको र यो हरेक ३ वर्षमा गरिने प्रक्रिया रहेको बताउनुभयो । स्याङ्जामा एमालेको आगामी नेतृत्वको चर्चा चलिरहँदा अधिवेसनले अधिकतम सहमतिमा टुंग्याउने प्रयास गर्ने र एमाले लोकतान्त्रिक पार्टी पनि भएकाले चुनावी प्रक्रिया पनि हुन सक्ने सिग्देलले बताउनुभयो । निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले यसमा प्यानलगत गुटगतको स्थिति नआउने सिग्देलको विश्वास छ । 
 
५ दलीय गठबन्धनको बेथितिलाई रोक्न एमाले सरकारमा गएको भन्दै सबै पार्टी उस्तै हुन भन्ने भ्रम चिर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले अधिवेसनको प्रतिनिधिहरुमा तीन प्रतिनधीमा एक जना महिला र ११ प्रतिशत उत्पीडीत प्रतिनिधी छनौट भएको बताउनुभयो । अध्यक्ष गैह्रेले पाँच पदाधिकारी सहित क्लष्टर अनुसार जिल्ला कमिटी निर्वाचन हुने र युवा १५ प्रतिशत नै रहने बताउनुभयो । 
 
उहाँले अधिबेशनमा २० लाख खर्च हुने बताउदै खर्च, लेबी, ९ हजार ५३४ जना संगठित पार्टी सदस्यबाट ५०÷५० रुपैयाँ, पालिकाबाट आउने प्रतिनिधीबाट एक हजार, अयोजक कमिटिबाट दुई हजार पाचँ सय र शुबेच्छुकबाट ब्यवस्था गरेको बताउनुभयो ।  अधिवेसनको लागी आउने प्रतिनिधि र अतिथिहरु गरी ८०० जनाको आवास र खाद्यान्नको लागी यहाँका होटलहरु प्रयोग गरिने भन्दै पुतलीबजार, भीरकोट र वालिङका होटलहरुमा व्यवस्था गरिएको उहाँले बताउनुभयो । 
 
प्रचारप्रसार संयोजक विश्व पौडेलले अधिबेशनमा प्रतिनिधी छनौट, बसोबास, मञ्च निर्माण लगायतका सबै काम पुरा भएको बताउनुभयो । दुई दिने अधिबेशनमा जिल्लका ११ पालिकाका ६०९ जना प्रतिनिधी सहभागी रहने पौडेलले अधिबेशनले १०५ सदस्यीय जिल्ला समिति चयन गर्ने बताउनुभयो । नेपालमा २००६ सालमा स्थापना भएका नेपाल कम्युनिष्ट पार्टी जिल्लामा २०१६ फाल्गुनमा नेकपाको संगठन कमिटिको शुभारम्भ गरिएको थियो । प्रचार संयोजक पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन सदस्य अनन्त श्रेष्ठले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...