अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

एमाले स्याङ्जा अध्यक्षमा पुनः गैरे

news

 
कला राना,
स्याङ्जा २५ चैत्र ।
नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित हुनु भएको छ । अध्यक्षमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । माओवादी केन्द्रका नेता रामबहादुर थापासँगै एमालेमा प्रवेश गर्नुभएका गैरे यस पटक अध्यक्ष बन्नुभयो । 
आगामी तीनवर्षै कार्यकालका लागि एमाले स्याङ्जाले अध्यक्ष गैह«ेसँगै १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको हो । यही चैत्र २३ गतेदेखि सुरु अधिवेशनले सर्व सम्मतिमा जिल्लाको नयाँ कमिटी चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा महेश पुरी चयन हुनुभएको छ भने सचिवमा रामचन्द्र भट्टराई रहनुभएको छ । उपसचिवमा अमृत श्रेष्ठ र चिनमायाँ गुरुङ चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा विभिन्न क्लस्टरबाट समेटिएको छ । खुल्ला, भूगोल, महिला, युवा, जनजाति, उत्पीडित, अल्पसङ्ख्यक, मजदुर, मुश्लिम तथा अपाङ्गबाट समेटिएको हो । योसँगै नवौं अधिवेशनबाट गैह«ेको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको नवौं जिल्ला अधिवेशन निर्वाचन अधिकृत ताराचन्द्र ढकालले जानकारी दिनुभयो ।
 
 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...