अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

सुन्तला सुपरजोन संचालक समिति र कर्मचारीको बैठक

 
रेडियो आँधीखोला
वालिङ, २८ चैत ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ सुन्तला सुपरजोन संचालक जिल्ला कार्यसमितिको बैठकले आगामी बैसाखमा अधिवेसन गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई संचालक समिति र कर्मचारी बैठकले पास गरेको हो । अधिवेसनले ९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । 
अधिवेसनमा सहभागि हुनका लागी सहकारीबाट एक महिला सहित ३ जना, कृषक समुहबाट एक महिला सहित २ जना र व्यक्तिगत फर्मबाट तथा उद्यमीबाट एकजनाका दरले प्रतिनिधि सहभागि हुन पाउने सुपरजोन संचालक समितिका अध्यक्ष ताराप्रसाद अर्यालले बताउनुभयो । सुपरजोनमा सुचिकृत भएकाहरुले यही बैसाख १५ गतेभित्र सहकारी तथा समुहको निर्णय सहित प्रतिनिधि दर्ता गराउन अनुरोध गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...