समाचार
आगोलागी भएको स्थलमा जनप्रतिनिधिको भेटघाट, राहतको आश्वासन
रेडियो आँधीखोला
वालिङ, २८ चैत ।
आगोलागीका कारण आफ्नो घरगोठ गुमाएका परिवारलाई जनप्रतिनिधिले भेटघाट गर्नुभएको छ । मंगलबार दिउँसो आगोलागीका कारण वालिङ १२ ढिकिडाँडामा ४ घरगोठ जलेर नष्ठ भएका थिए । ढिकिडाँडाका गोविन्दप्रसाद लुँईटेल बस्दै आएको तुमाखर लुँईटेलको घरगोठ जलेर नष्ठ भएको थियो भने अन्य ३ गोठ जलेका थिए ।
आज गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, प्रदेश सांसद कल्पना तिवारीले घटनाको स्थलगत अनुगमन गरी घरगोठ गुमाउनुभएका गोविन्दप्रसाद लुंईटेलको परिवारलाई तत्काल राहत उपलब्ध गराउन आफ्नो तर्फबाट सहयाग गर्ने बताउनुभएको छ ।
त्यस्तै वालिङ नगरप्रमुख कृष्ण खांणले पनि लुईटेलको परिवारलाई प्रत्यक्ष भेटेर परिवारको अवस्था र समग्र आगोलागीको घटनाको अवलोकन गर्नुभएको छ । नगरप्रमुख खांणले लुँईटेल परिवारलाई नगरले राहत उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष विश्वजंग गुरुङको पनि सहभागिता थियो ।