अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङमा तेस्रो महोत्सव शुरु, विकासका लागी दलगत स्वार्थ त्यागौँ

news

 
रेडियो आँधीखोला,
चैत्र ३०, वालिङ ।
स्याङ्जाको गल्याङमा तेस्रो गल्याङ महोत्सव शुरु भएको छ । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव शुरु भएको हो । ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित सुरु भएको महोत्सवको पुर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उद्दघाटन गर्नुभएको हो । 
महोत्सवको उद्दघाटन गर्दै पुर्व मन्त्री गुरुङले विकासमा राजनिति गर्न नहुँने भन्दै सिद्धार्थ राजमार्गको स्तरोन्नतिक लागी आँफू मन्त्री पदमा नरहे पनि पहल र प्रयास गरिरहेको बताउनुभयो । विकास सबैको साझा मुद्धा भएकाले विकासका निमित्त दलगत स्वार्थ त्यागेर अगाडि बढ्नुपर्ने भन्दै सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न सकिएन भने स्याङ्जा पछाडि पर्ने उहाँको चिन्ता थियो । विकासलाई पहिलो प्राथामिकतामा राख्नुपर्ने भन्दै जस लिने होडमा स्याङ्जाको सिद्धार्थ राजमार्गको स्तरोन्नति हुँन नसकेको भन्दै अव सिद्धार्थ राजमार्गको स्तरोन्नति आफ्नो पहिलो प्राथामिकता रहेको उहाँले बताउनुभयो ।
 
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, प्रदेश सांसदद्धोय कल्पना तिवारी र महेश भटराई, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्राई, वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रे, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, नेपाली कांगे्रसका गल्याङ नगरसभापति श्यामप्रसाद बस्याल, नेकपा एमाले नगर अध्यक्ष दानबहादुर राना, नेकपा माओवादीका चित्रबहादुर राना, समाजसेवी पदमबहादुर गाहालगायतले बोल्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ धु्रवको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष बलराम श्रेष्ठ र संचालन महासचिव उमा श्रेष्ठले गर्नुभएको थियो । 
 
स्थानीयस्तरमा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको ब्यवसायिक प्रवद्र्धन, धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले प्रचूर संभावना भएका स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र सम्वद्र्धनमा जोड दिने गरी महोत्सव आयोजना गरिएकोे गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुब) ले बताउनुभयो । महोत्सवको पहिलो दिन राष्टिय कलाकारहरु शिव हमाल, धनश्याम रिजाललगायतका कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए । 
 
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा करिव डेढ करोडको आर्थिक कारोबार र करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवमा कूल एकसय ४० स्टल रहेका छन् ।  महोत्सव अवधिभर कूल ५४ लाख ९५ हजार आम्दानी हुने र खर्च कटाएर कूल ५ लाख ७५ हजार वचत गर्ने आयोजकको लक्ष्या छ । पहिलो र दोस्रो महोत्सवबाट वचत भएको रकमले गल्याङ बजारको सुरक्षालाई ध्यान दिंदै सिसी क्यामेरा जडान गरिएको थियो । यसपटक वचत भएको रकमबाट संस्थाको भवन निर्माणकालागि जग्गा र सामाजिक कामहरुमा खर्च गरिने भएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...