समाचार
इरान–इजरायलबीचको बढ्दो तनावप्रति नेपालको चिन्ता, संयमता अपनाउन आग्रह
बैशाख ३, काठमाण्डौ – इरान र इजरायलबीचको द्वन्द्वका कारण पश्चिम एसियामा बढ्दो तनावलाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कुटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्नको लागि आह्वान गरेको छ ।
‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनावप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । परराष्ट्र मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास पनि व्यक्त गरेको छ । शनिवार राति इरानले इजरायलमा ड्रोन आक्रमण गरेपछि पश्चिम एसियामा थप तनाव बढेको हो ।