अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चेम्बरद्धारा नयाँ वर्षको आदानप्रदान तथा नयाँ महोत्सवमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान

 
 
 
रेडियो आँधीखोला,
वालिङ ३ बैसाख ।
स्याङ्जा चेम्बर अफ कमर्सद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महोत्सवमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान गर्दै गत पुस १९ देखि माघ २ गतेसम्म आयोजना गरिएको महोत्सवमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यवसायीहरुलाई सम्मान पत्रले सम्मान गरिएको हो । 
कार्यक्रममा ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय का नेत्रप्रसाद पौडेल, मुस्लीम समाजका मुहमद जलाल मियाँ, भुजेल समाजका रनबहादुर भुजेल, गुरुङ समाजका सोवित गुरुङ, मगर समाजका भिम रानालगायतलाई सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित हुने संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले स्याङ्जा चेम्बर अफ कर्मसले गरेका कार्यको प्रशंसा गरेका थिए । कार्यक्रम कमर्सका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वाागत वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, सचालन सचिव ओमप्रसाद पौडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...