अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

काफलडाँडामा सम्पन्न भलिबलको उपाधि केँवरेलाई

news

 
रेडियो आँधीखोला,
वालिङ ५ बैसाख ।
प्रगतिशिल समाज युवाको काँधमा भन्ने नाराका साथ आयोजित गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि केवरे युवाक्लबले जितेको छ । मित्रता युवाक्लब वालिङ ७ र ८ काफलडाँडाको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधि केँवरेले जितेको हो । त्यस्तै आयोजक मित्रताले दोस्रो स्थान हात पारेको छ भने मल्याङकोट युवाक्लबले तेस्रो स्थान र वनकट्टा युवाक्लबले सान्त्वना स्थान हात पारेको छ । क्लबको दोस्रो वार्शिकोत्सव तथा चैतेदशैँको अवसरमा आयोजित प्रतियोगिता तथा विविध सांस्कृतिक प्रतियोगितामा विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएका थिए । 
कार्यक्रममा नेपाली कांगे्रस क्षेत्र नं. २ प्रदेश १ का सभापति अर्जुनप्रसाद खनालले क्लबद्धारा आयोजित यस्ता कार्यक्रम तथा प्रतियोगिताहरुले खेल क्षेत्रको विकास र नयाँ प्रतिभाहरुलाई आफ्नो प्रतिभा प्रष्फुटन गर्ने अवसर प्राप्त गर्ने भन्दै समय समयमा यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । साथै काफलडाँडा हुँदै पुगिने गह्रौँसुर मन्दिरको प्रचारप्रसार गरी यसक्षेत्रलाई बाह्य पर्यटकको गन्त्व्यको रुपमा विकास गर्न सकियो भने यस क्षेत्रका स्थानीयको पनि स्तारोन्नति हुने खनालले बतानुभयो । 
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सचिव दिपक रेग्मी, नेपाली कांगे्रस वडा नंं ७ का सभापति भोजराज गुरुङ, नेपाली कांगे्रस वडा नं. ८ का सभापति कमलप्रसाद सुवेदीलगायतले बोल्नुभएको थियो । गत चैत्र २७ गतेबाट शुरु भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
क्लबका अध्यक्ष खुमबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य यामबहादुर थापाले गर्नुभएको थियो भने संचालन मित्रता आधारभुत विद्यालयका प्रअ कमल गैह्रले गर्नुभएको थियो  । त्यस्तै खेलअवधिभर उत्कृष्ठ खेल प्रस्तुत गर्ने विभिन्न ५ विधामा खेलाडिहरुलाई पुरस्कृत गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...