अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बाह्रबिसेमा मेलामा स्थानीयको आर्कषण, भाले समात्ने देखि घैँटो फुटाउने प्रतियोगिता

 
रेडियो आँधीखोला,
वालिङ ५ बैसाख ।
वालिङ १३ बाह्रबिसेमा मेला सम्पन्न भएको छ  । प्रत्येक वर्ष राम नवमी दिन लाग्दै आएको बाह्रबिसे बजार (मेला)  देशमा कोरोनाको महामारी संगै रोकिएको थियो । ५ वर्षपछि लागेको हिजोको मेलामा स्थानीयको निकै सहभागिता रहेको थियो । मेलाको निरन्तरताका लागी पहेले युथ क्लवको सक्रियता र वडाको सहयोगमा मेला मेला लागेको हो । बाह्रबिसे मेलाको महत्व परम्परादेखि नै भएकाले मेलालाई आगामी दिनमा थप व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने स्थानीयहरुले माग गरेका छन् । 
वालिङ ९ र १३ को संगमस्थल रहेको बाह्रबिसेमा लाग्ने मेलाको महत्व परापुर्वकालदेखिको रहेको स्थानीय यज्ञ पाठकले बताउनुभयो । मेलाको अवसरमा भाले समात्ने प्रतियोगिता समेत भएको छ । ९ मिटर अग्ले बाँसको लिंगोमा तेल लगाएर जुन प्रतियोगितले भाले समात्न सक्छ उहीलाई विजेता बन्ने प्रतियोगितामा वालिङ १३ अर्लुङका मुनाल गैह्रे विजेता बन्नुभएको हो । मेलामा वडा नं.  १३ का अध्यक्ष नमलाल डुम्रे, वडा नं. १४ का अध्यक्ष बोधराज राजु कुँवर, वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृतलगायत जनप्रतिनिधिहरुको समेत सहभागिता थियो । त्यस्तै घैंटो फुटाउने प्रतियोगितामा वालिङ १३ का विजय विक विजेता बन्नुभएको छ । भाले समात्ने र घैँटो फुटाउने प्रतियोगितामा विजेताले भाले पुरस्कार प्राप्त गरेका छन् । 
पछिल्लो समय प्रविधिको विकास हुँदै जाँदा र मानिसहरुको व्यस्तताका कारण यस्ता स्थानीय रुपमा हुने मेलाहरु विस्तारै लोप हुँदै गएका छन् । पहिले पहिले स्थानीय रुपमा हुने मेलामा रोधी बस्ने, विविध सांस्कृतिक कार्यक्रम हुने, स्थानीय वस्तुको विक्रिवितरण हुने, साथीभाई जम्मा हुने दुखसुख साट्ने गरिन्थ्यो ।  स्थानीय रुपमा यस्ता मेलाहरु आयोजना गरि स्थानीय उपजहरुको बजारीकरण गर्दै पुराना संस्कार, संस्कृति र रितिरिवाजको संरक्षण गर्नुपर्ने देखिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...