अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चालू आर्थिक वर्षमा वालिङ ९ मा ७० प्रतिशत योजनाहरु सम्पन्न

news

 
रेडियो आँधीखोला,
वालिङ ६ बैसाख ।
स्याङ्जाको वालिङ ९ मा ७० प्रतिशत योजनाहरु सम्पन्न गरेर भुक्तानीको चरणमा रहेको छ । वडामा संचालित साना ठूला गरी ५२ योजनाहरु मध्ये ७० प्रतिशत योजनाहरु सम्पन्न गरी भुक्तानीको चरणमा रहेको वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृतले बताउनुभयो । संघबाट परेका २ योजनाहरु, प्रदेशबाट परेका ५ योजनाहरु संचालित छन् भने वालिङ नगरबाट संचालित ठुला योजनाहरु ३ वटा छन् भने ४ वहुवर्षीय र ७ ओटा योजनाहरु ३० लाखदेखि १ करोडसम्मका योजनाहरु छन् । 
वडामा आफ्नो कार्यकाल दुईवर्ष पुग्नै लाग्दा निर्वाचनमा आँफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने हरसंभव प्रयास गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, मैले हरेक दिन आँफूले निर्वाचनका बेला गरेका घोषणपत्र र प्रतिवद्धताहरु हेर्छु र सोही अनुसार अगाडि बढ्दै आएको छु । वडाको बजारी क्षेत्रमा समस्याको रुपमा रहेको ढल निकासलाई आफ्नो कार्यकालमा सहज बनाईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
डाइमण्ड टोल, बरबारी टोल, वडा प्रहरी कार्यालय पछाडि ढल व्यवस्थापन तथा नाली निर्माण गरि निकास निकालिएको श्रेष्ठको भनाई छ । वडाले हरेक महिनाको १३ गरे निशुल्क आयुर्वेदिक योग शिविर गरिएको र यसबाट सयौँ नागरिकहरु लाभान्वित भएको उहाँले बताउनुभयो । भुम्रेमा रहेको सातधारालाई स्तरोन्नति गरी ढुंगे धारा बनाईएको वडा कार्यालयले जनाएको छ । 
वडाले युवाहरुलाई खेल क्षेत्रमार्फत अगाडि बढाउनका लागी खेलतर्फ अभिप्रेरित गरेको भुम्रे खेलमैदान तथा मजुवा व्यामिन्टन कोडको स्तरोन्नति गरिएको भन्दै बैडी औद्योगिक ग्रामलाई खेल ग्राउण्डको रुपमा विकास गर्न वडाले सहयोग गर्दै आएको श्रेष्ठले बताउनुभयो । वडा नं. ९ हुँदै जाने पर्यटकीय स्थल बाहुनथान जाने पदमार्ग निर्माण गरिएको भन्दै श्रेष्ठले राउतडाँडा हुँदै बाहुनथान पुग्ने पदमार्ग र  गब्दे कागतीभञ्याङ हुँदै बाहुनथान जाने ट्याक खोलिएको  श्रेष्ठले बताउनुभयो । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...