अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

४ दिनदेखि कालीगण्डकीमा आगलागी चार घरगोठ जले, शनिबार दिउँसो लुम्सिङमा पनि लाग्यो आगो

 
रेडियो आँधीखोला,
वालिङ ८ बैसाख ।
स्याङ्जाको कालीगण्डकीमा ४ दिनदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । आगोलागीबाट कालीगण्डकी गाउँपालिका वडा नं. १ आँपचौरमा दुई घर र दुई गोठ जलेका छन् । आगोलागीबाट भौतिक तथा पशुको क्षति भएपनि मानविय क्षति भने भएको छैन् । 
आगोलागीबाट ३ ओटा बाख्रा मरेका छन् । आगोलागी अहिलेपनि जंगलमा लागिरहेको छ । आगोलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी,स्थानीय र जनप्रतिनिधि खटिएको वडा अध्यक्ष कृष्णबहादुर लामिछानेमगरले बताउनुभयो । अहिले आगोलागी कालावडारतर्फ आएको र वस्ती जोगाउन अग्नी रेखा निर्माण गरी आगोनिभाउने प्रयास गरिएको अध्यक्ष मगरले बताउनुभयो । 
कालिगण्डकीमा आगो निभाउने यन्त्र दमकल भने नभएकाले स्थानीय तथा सुरक्षाकर्मीले आँफै पानी बाकेर, ट्याक्टरमा ढुवानी गरेर निभाउने गरिएको वडा अध्यक्ष मगरले बताउनुभयो  । कालावडार र आँपचौपारीमा गरी झण्डै ५० घर छन् भने धरादीमा अझै धेरै वस्ती भएकाले आगोलागीलाई बस्ती नजिक आउनबाट जोगाउनका लागी अग्नि रेखा कोर्दे आगो निभाउने कार्यमा जुटेको वडा अध्यक्ष मगरले बताउनुभयो । 
आगलागीबाट सयौं हेक्टर जंगल समेत जलेको बताउदै लामिछानेले जडिबुटीसमेत जलेर नष्ट भएको गुनासो गर्नुभयो । आगलागीबाट घरबारबिहीन भएकालाई कालीगण्डकी गाउँपालिकाले राहत वितरण गरेको छ ।  पालिकाले खानाको लागि चामल, दाल, चिनी, नुन लगायतका समग्रीसहित भाडा, विस्तारा र त्रिपाल उपलब्ध गराएको हो ।  घरगोठ गुमाएका परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसेका छन् । 
 
त्यस्तै कालीगण्डकीकै वडा नंं. ५ को लुम्सिङमा समेत आगोलागीको घटना भएको छ । वडा अध्यक्ष रुकबहादुर थापाका अनुसार लुम्सिङमा दुई गोठ जलेका छन् । निकै हावाहुरीका कारण आगो निभाउन निकै गाह्रो परेको छ । अन्य थप विवतरण आउन बाँकी रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...