अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

बौद्धिक अपांगता भएका ब्यक्तिहरुका अभिभावकहरुका लागि २ दिने स्याहार तालिम

news

 
रेडियो आँधीखोला
वालिङ, ८ बैशाख ।
सुस्त मनस्थिति बौद्धिक अपांगता अभिभावक संघ स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा  बौद्धिक अपांगता भएका ब्यक्तिहरुका अभिभावकहरुका लागि २ दिने स्याहार तालिम सम्पन्न भएको छ ।  तालिमको समापन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले अपांगताका लागि ३ तहका सरकारले आवश्यकता अनुरुप  बजेट बिनियोजनमा ध्यान दिनुपर्ने बताउनुभयो । सिमित स्रोत र साधनका बाबजूद पनि पुतलीबजार नगरपालिकाले अपांगता स्याहार गर्ने ब्यक्तिलाई मासिक एक हजार रुपैंया र ग बर्षका अपांगता भएका ब्यक्तिको निशुल्क स्वास्थ्य विमा सेवा उपलब्ध गराएको उहाले जानकारी गराउनुभयो । 
 
आउने बर्षका लागि बजेट तयारी अवस्थामा रहेका जानकारी गराउदै नगर प्रमुख रेग्मीले अपांगता भएका ब्यक्तिका लागि आवश्यक तालिम तथा प्रशिक्षणका लागि सम्बन्धित ब्यक्तिसंग छलफल गरेर रकम बिनियोजन गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य रामनारायण श्रेष्ठ, गण्डकी प्रदेश अपांगता निर्देशन समिति बिज्ञ सदस्य युवराज पराजुली, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, सहभागी शालिकराम शर्मा, स्याङ्जा अपांग समाजका वरिष्ठ उपाधयक्ष नारायण भण्डारी लगायतले अपांगता मैत्री भोैतिक पूर्वाधार सहितका बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । 
 
सुस्त मनस्थिति बौद्धिक अपांगता अभिभावक संघका कुलप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष राम शर्मा पोखरेलले गर्नुभएको थियो । दुई दिने तालिममा राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य रामनारायण श्रेष्ठ, गण्डकी प्रदेश अपांगता निर्देशन समिति बिज्ञ सदस्य युवराज पराजुलीले प्रशिक्षण दिएका थिए ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...