अहिले तरंगमा

केहि छिनमा

समाचार

वडा कार्यालयको भवन शिलन्यास

news

 
वालिङ, १० वैशाख ।
वालिङ नगरपालिका वडा नं. २ मा वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । वडा नं. २ को सिमलचौपारी फेँदिमा वडा कार्यालय भवनको शिलन्यास गरिएको हो । वडा भवनको शिलन्यास गर्दै गण्डकी प्रदेशका पुर्व मन्त्री सरस्वति अर्यालतिवारीले वडा कार्यालयको भवन निर्माणसंगै सेवा प्रवाहमा सहजता हुने भन्दै स्याङ्जाको विकासका लागी मन्त्री पदमा रहँदा र नरहँदा पनि प्रतिवद्ध भएर अगाडि बढने बताउनुभयो । साथै उहाँले विकासमा कुनै राजनिति आग्रहपुर्वाग्रह राख्न नहुँने बताउँदै विकासलाई गति प्रदान गर्नको लागी सबैले हातेमालो गर्दै आगाडि बढ्नुपर्ने बताउनुभयो । दुई तले हल सहितको ८ कोठाको वडा कार्यालय भवन निर्माण गरिने वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । हाल वडा कार्यालय स्वास्थ्य चौकी भवनको माथिल्लो तलाबाट सेवा प्रवाह गर्दै आएको छ । 
 
वडाको आफ्नै भवन नहुँदा सेवाग्राहीलाई पनि समस्या भएको भन्दै नगरपालिका र गण्डकी प्रदेशको साझेदारीमा भवन निर्माण हुने वडा अध्यक्ष लम्सालले बताउनुभयो । आगामी २०८२ सालको असार भित्रै सम्पन्न हुने वडा कार्यालय भवन निर्माणको लागत स्टमेट १ करोड ४५ लाखको रहेको छ । स्थानीयले निशूल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण शुरु गरिएको हो । वडा कार्यालयका लागी डाँसीनारायण रेग्मीका छोराहरु इश्वरीप्रसाद रेग्मी र स्व. सुर्यप्रसाद रेग्मीको ४ आना जग्गा र भेषराज रेग्मीका छोराहरु डबलप्रसाद रेग्मी र ठानेश्वर रेग्मीको ४ आना गरी ८ आना जग्गा निशुल्क उपलब्ध भएको हो । 
चलनचल्तीको मुल्य अनुसार प्रति आना १० लाखका दरले ८० लाखको जग्गा दाताहरुले निशुल्क उपलब्ध गराउनुभएको हो । सोही कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणका लागी सहयोग गरेका दाताहरुको नामावली समेत अनावरण गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...