अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा राजयोग मेडिटेशन सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १९ बैशाख ।
स्याङ्जाको वालिङमा संचालित चारदिने राजयोग मेडिटेशन बुधबार सम्पन्न भएको छ । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताकालागि आयोजित राजयोग मेडिटेशनमा दैनिक १५ सय जनाले प्रशिक्षण लिएका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङ शाखाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा संचालित मेडिटेशनको समापन गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले व्यस्त जीवनलाई कसरी सकरात्मक र सहज बनाउन सकिन्छ भन्ने विषयमा आयोजना गरिएको मेडिटेशनले सकरात्मक उर्जा थपेको बताउनुभयो । सकरात्मक सोचाईले नै स्मार्ट नागरिक, स्मार्ट नगरपालिका बनाउन सहयोग गर्ने भन्दै नगरपालिकाले केहि सहयोग गर्ने भन्दै सामाजिक रुपान्तरणका लागी यो प्रशिक्षणले टेवा पुग्ने बताउनुभयो । 
 
आफ्नो आत्मा र परमात्मा चिनेर परिवारमा सुख, शान्ती र समृद्धिका लागी यो प्रशिक्षण कोशे ढुंगा सावित हुने उपप्रमुख तिवारीले बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठले परिर्वतन आँफैबाट शुरु गर्नुपर्ने बताउनुभयो । समापन समारोहमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, आँधीखोला संचार सहकारीका अध्यक्ष शान्ता थापालगायतको विषेश उपस्थिति रहेको थियो । 
 
कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङका प्रमुख कविता दिदिको अध्यक्षतामा सम्पन्न भएको थियो भने  संचालन ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका क्षेत्रिय सचिव ब्रम्हकुमार शंकर देवकोटाले गर्नुभएको थियो । चार दिवसीय प्रशिक्षण कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घलेले प्रशिक्षण दिनुभएको थियो । चारदिन सम्म चलेको कार्यक्रममा झण्डै ६ हजार जना प्रशिक्षित भएको आयोजनको अनुमान छ । 
 
अतिब्यस्त र तनावग्रस्त हुँदै गएको जीवनशैलीको उपज ब्यक्तिगत, पारिवारिक एवम् ब्यवसायिक समस्याहरुको वैज्ञानिक एवम् आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, गहन मानसिक शान्ति एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...