अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

८औँ आरन्त स्मृति कप वालिङमा शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, २१ बैशाख ।
वालिङमा ८औँ आरन्त स्मृति कप शुरु भएको छ । हरेक वर्ष आयोजना गरिने आरन्त स्मृति कप अन्र्तगत शुक्रबारदेखि ८औँ आरन्त स्मृति कप प्रतियोगिता शुरु भएको हो । १२ वर्ष मुनिका अन्तरविद्यालयस्तरीय पुरुष ९ ए साईड फुटबल प्रतियोगिताको उद्दघाटन गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वोजकुमार गुरुङले गर्नुभएको हो । 
प्रतियोगिताको उद्दघाटन गर्दै उपाध्यक्ष गुरुङले खेल प्रतियोगितामा हार जित भन्दा पनि खेलमा कौशलता प्रर्दशनी हुने बताउनुभयो । साथै प्रदेश खेलकुद परिषदले खेलक्षेत्रको विकासका लागी खेल संग सम्बन्धीत भौतिक संरचना निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो । हरेक वर्ष आरन्तको स्मृतिमा आयोजना गरिने यो प्रतियोगिताले यहाँका साना बालकहरुलाई फुटबलमा लाग्न प्रेरित गर्ने बताउनुभयो । 
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा शुरु गरिएको प्रतियोगिताको उद्दघाटन कार्यक्रम खेल संयोजक सुविन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत अखिल नेपाल फुटबल संघ प्रदेश उपाध्यक्ष ताराबहादुर गुरुङ सम्शेर र संचालन क्लबका सहसचिव तोलाकान्त बगालेले गर्नुभएको थियो । प्रतियोगितामा स्याङ्जाभित्रका ११ र पर्वतको १ गरी १२ विद्यालयले सहभागिता जनाएका छन् । 
प्रतियोगिताको विजेताले रु.५० हजार र उपविजेताले रु.२५ हजार  नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  हाल युकेमा रहनुभएका वालिङ ८ का कुमार थापाका सुपुत्र आरन्त सानो उमेरमै फूटबल राम्रो खेल्दै आएपनि सानै उमेरमा उहाँको मृत्यु भएको थियो । छोराको स्मृतिमा कुमार थापाले आरन्त स्मृति कप फुटवल प्रतियोगिताको सौजन्य गर्दै आउनुभएको आयोजकले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...