अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कोष हिनामिना भएको भन्दै संर्घष समितिद्धारा वृहत भेला

news

 
वालिङ २२ बैसाख ।
कोषको रकम हिनामिना पारेको भन्दै यहाँका स्थानीयले संर्घष समिति नै गठन गरेर आन्दोलन शुरु गरेका छन् । वालिङ १ त्रियासीमा रहेको त्रियासी कोषमा विगत ४ वर्षदेखि ३ करोड रकम कोषका बचतकर्र्ताले नपाएपछि संर्घष समिति नै गठन गरेर अगाडि बढेका हुन् । 
 
कोषको व्यवस्थापन समितिसंग बारम्बार छलफल गर्दै आएको संर्घष समितिले शनिबार त्रियासीमा बृहत भेला तथा छलफल कार्यक्रम गरेका छन् । कार्यक्रममा कोषका पिडितहरुले खाईनखाई रकम जम्मा गरेकामा अहिले आएर न सावाँ न व्याज पाउन सकेको भन्दै आक्रोस पोखेका थिए ।, कोष पिडित लक्ष्मी पोख्ररेलले आँपूm २०६० सालदेखि कोष खेल्दै आएको र विगत ४ वर्षदेखि आँफूले पाउने ५ लाख रकमको न व्याज न सावा नै पाउन सकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । 
 
सामान्य प्राईभेट स्कूलमा तत्कालिन समयमा महिनाको ३ हजार मासिक पाउने स्यालरीबाट बचत गरी कोषमा जम्मा गरेको अहिले कोषले पैसा अलपत्र पारेको बताउनुभयो । २०५० सालमा स्थापना गरिएको त्रियासी कोषमा त्रियासी तथा आसपासका झण्डै २०० जनाले पैसा जम्मा गरेका थिए । कोरोना शुरु भएपछि कोषको कारोबार हुन सकेन् त्यसयता कोषको कुनै लेखाजोखा नभएपछि लगानी कर्ता आक्रोशित भएका हुन् । अर्का कोष पिडित तारापति काफ्लेले आँफूले कोषबाट ९ लाख पाउनुपर्ने भएपनि अहिले यो अवस्था सृजना भएको भन्दै आफ्नो गास काटेर भविष्यका लागी भनी जोहो गरेको रकम कोषमा जम्मा गरेको बताउनुभयो । 
 
पिडितहरुले कोष व्यवस्थापन गर्दै आएकाहरुले आँफू खूसी रकम लगानी गर्ने, कोषमा आवद्ध भएका सेयर सदस्यहरुलाई कुनै सल्लाह र जानकारी नगराईकन रकम ऋणीलाई लगानी गरेको र अहिले ति ऋणीले रकम असुली नगर्दा समस्या भएको बताएका छन् । कोषमा रकम लिन भएकाहरुलाई अधिकांसको ऋणी र बचत कर्ताको तम्सुक बनाईएको छ । तम्सुक बनाईएपनि ऋणीले रकम असुल गर्न अटेर गर्ने पैसा माग्दा धम्की दिने गरेको पिडितहरुले बताएका छन् ।  तत्कालिन समय २०७७ मा कोषका बचतकर्र्ताको रकम ऋणीबाट उठाउन सहजीकरण समिति गठन गरिएको थियो । 
 
उक्त समितिमा हुमनाथ रेग्मी, लक्ष्मीप्रसाद रेग्मी, खेमनारायण रेग्मी, तुल्सीराम ढुंगाना, धु्रवशर्मा पंगेनी, ढाका सेन, गुप्तबहादुर खांण र तत्कालिन जनप्रतिनिधिबाट केदार काफ्ले रहनुभएको थियो । उक्त सहजीकरण समितिबाट समेत कुनै सहजीकरण नभएपछि अहिले संर्घष समिति गठन गरेर अगाडि बढेको पिडितले बताएका छन् । शनिबार भएको छलफलले पुनः समन्वय समिति गठन गरेको छ । 
 
समितिको संयोजकमा अग्निप्रसाद रेग्मी, उपाध्यक्षमा रेशम रेग्मी, सचिवमा लक्ष्मी पोख्ररेल रहनुभएको छ भने सदस्यहरुमा भुमिनन्द रेग्मी, रनबहादुर लामिछाने, रुक्मागत रेग्मी र युवराज रेग्मी रहनुभएको छ । त्यस्तै लेखा समितिको संयोजकमा रुक्मागत रेग्मीलाई चयन गरीएको । लेखा सदस्यमा युवराज रेग्मी र माृतकाप्रसाद अर्याल रहनुभएको छ । 
 
यो समिति र तत्कालिन सहजीकरण समिति मिलेर ऋणीको घरघरमा जाने ऋण असुल गरी जेठ मसान्त सम्म लगानीकर्तालाई उपलब्ध गराउने सहमति भएको कोष पिडित लक्ष्मी पोख्ररेलले बताउनुभयो । तत्कालिन समयमा कोष व्यवस्थापनमा रहनुभएका हुमनाथ रेग्मीले आँफूले पनि कोषबाट पाउनुपर्ने रकम नपाएको भन्दै आँफूले मात्रै हिसाब राख्ने काम गरेको बताउनुभयो । कार्यक्रममा लक्ष्मीप्रसाद रेग्मीले पनि आँफूले पनि कोषबाट १५ लाख पाउनुपर्ने भन्दै नउठेका पैसालाई उठान सहिजीकरण गर्ने र बचन कर्ताको रकम फिर्ता गर्नमा आफ्नो तर्फबाट भुमिका रहने बताउनुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...