अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट ८ मा क्षयरोग मुक्त नेपाल अभियान घोषणा अन्र्तगत वडा स्तरीय भेला शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, २५ बैशाख ।
भीरकोट वडा नं. ८ मा क्षयरोग मुक्त नेपाल अभियान घोषणा अन्र्तगत वडा स्तरीय भेला शुरु भएको छ । भेलामा भीरकोट स्वास्थ्य साखा प्रमुख अन्जु सापकोटा, सिनियर अहेब श्रीराम अर्याल, छाङछाङदी स्वास्थ्यचौकी प्रमुख सुरज बस्नेत, खिलुङ देउराली स्वास्थ्य चौकीका सिनियर अनमी राधिका खनाल, टिभि फोकल पर्सन अनिसा रोकाहलगायतले सहजीकरण गर्नुभएको थियो । 
भीरकोट नगरपालिका स्वास्थ्य साखाको आयोजनामा भएको कार्यक्रम वडा अध्यक्ष नन्दलाल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो संचालन सिनियर अहेब श्रीराम अर्यालले गर्नुभएको थियो भने स्वागत ढापुक स्वास्थ्य चौकीका प्रमुख डिलबहादुर नेपालीले गर्नुभएको थियो । 
कार्यक्रममा क्षयरोग मुक्त नेपाल अभियानका लागी वडा अध्यक्ष तथा जनप्रतिनिधि, आमा समूह, विद्यालय, क्लब, स्वास्थ्य स्वंयसेविकालगायतले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा सहभागि पुर्णबहादुर खत्रिले समेत आफ्ना भनाई राख्नुभएको पब्लिक एकेडेमीका सहायक प्रअ एवं वडा स्तरीय क्षयरोग मुक्त अभियान समिति सदस्य रिवनकुमार विश्वकर्माले बताउनुभयो । कार्यक्रममा ४४ जनाको सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...